
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ जेठ । झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार साँझ दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रमम गएराति ८ः३८ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु र दुवै…
झापा, २२ जेठ । नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो। स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध…
झापा, २२ जेठ । विदेश पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिरबहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का पक्राउ परेका हुन् । बिरबहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका…
भद्रपुर, २२ ज्ठ । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् रु ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार…
रौतहट, २२ जेठ । रौतहटमा बुधबार साँझ ट्रक र विद्युतीय गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा गाडीमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएको हो ।
झापा, २२ जेठ । देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यसै क्रममा आज सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेशका केही स्थान, देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। त्यस्तै, आज राति कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली…
मेचीनगर, २१ जेठ । झापाको मेचीनगर–१५, ज्यामिरगढीस्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ । बुधबार बिहान उद्योगमा रहेको प्लाईको टुक्रामा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उद्योगमा बिहान साढे ६ बजे आगलागी भएको जानकारी आउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरको दमकलले आगो निभाउने प्रयास गरेको थियो । सरिया बायोमास इनर्जी प्रालिका सञ्चालक विवेक पुरीले बायोमास पेलेटबाट वीक्रेट (कोइला) बनाउन प्रयोग गरिने करिब साढे तीन सय गाडी काठको जवडा जलेर नष्ट भएको बताए । उद्योगमा भएको क्षतिको विवरण आएको छैन ।
सन्तोष शर्माभद्रपुर, २१ जेठ । झापाको भद्रपुरमा दोस्रो भद्रपुर नगर युथ समिट–२०८२ हुने भएको छ । आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् युथ समिट बारे जानकारी दिइयो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले ‘युवाहरुको सशक्तिकरण ः जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आगामी जेठ २३ र २४ गते युथ समिट गर्न लागिएको जानकारी दिनुभयो । युथ समिट समापन कार्यक्रममा गायक तथा संगीतकार प्रशान्त शिवाकोटीलाई सम्मान गरिने उहाँले बताउनुभयो । युवाको क्षेत्रमा नयाँपन दिएर काम गर्न खोजिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । युथ समिट पछि घोषणा पत्र तयार पार्ने र उक्त घोषणा पत्रलाई बजेटमा समेटिने नगरप्रमुख पोखरेलले बताउनुभयो…
सरोज भट्टराईशिवसताक्षी, २१ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेटका अधिकांश कामहरु पुरा गरेको जनाएको छ । वडाले वडाभित्रका ठूला सडकहरु ९० प्रतिशत कालोपत्रे भएका छन्, भने दुई वडा सडक कालो पत्रे निर्माणको चरणमा रहेको छ । संघीय सरकार अन्तर्गत माझी डाँडा सडक १६ सय मिटर कालो पत्रे गरिएको वडावध्याक्ष लक्ष्मी चेम्जोङ्गले जानकारी दिए । अध्यक्ष चेम्जोङ्गका अनुसार वडामा पर्ने रिङ्गरोड अन्तरर्गतको सडक ३ सय मिटर, प्रदेश सरकारको बजेटबाट वडाबाट सिधै नगरपालिका जाने ट्रङरोड सडक १ सय मिटर कालो पत्रे भएका छन् । रमाइलो चोकदेखि धनबहादुर भण्डारीको घर जाने बाटो वडाको २…
बिर्तामोड, २१ जेठ । अलैंची प्रशोधनमा सम्लग्न कर्मचारी र मजदुरहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण झापाको प्रदान गरिएको छ । नेपाल अलंैची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा उनीहरुलाई अभीमुखीकरण प्रदान गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रको प्रमुख अतिथ्य तथा नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम कार्यालय भद्रपुरका प्रमुख मातृका कट्टेल र बिर्तामोड नगरपालिकाको श्रम तथा रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले तालीमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले श्रमले तोकेको मूल्य लिएपछि इमानदारीताका साथ लगनशील भएर मजदुरहरुले काम गर्नुपर्ने धारणा राख्नुभयो ।…