
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको…
कनकाई, २७ बैशाख । झापाको कनकाई वडा नं. ७ मा महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिमको शुक्रबार सम्पन्न भएको छ। कनकाई वडा नम्बर ७ को आयोजनामा गत बैशाख २२ गतेबाट २६ गते ५ दिनसम्म सञ्चालन भएको तालिमको समापन कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाको अध्यक्षता र कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा उपप्रमुख शिवाकोटीले महिलाहरुले आफ्नो व्यतित्व विकास गर्न इच्छा शक्ति जागृत गर्नुपर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनुभयो । उहाँले यस्ता तालिमहरु नगरमा अतिआवश्यक रहेको…
बागलुङ, २६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल सच्चिएर एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २६ बैशाख । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ । “प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई०का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भन्नुभयो, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।” अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी–२० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर ९१२५ माइल० भन्दा कम दूरीमा छ । जम्मूमा केही घण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।…
इलाम, २७ बैशाख । पाठ्यक्रममा आदिवासी जनजातिको अवस्था, इतिहासलाई समेट्न आदिवासीको अध्ययन अनुसन्धान थालिएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र विकासलाई समेट्नका लागि जिल्ला जिल्लाबाट अध्ययन अनुसन्धान थालिएको हो । यसैक्रममा इलाम सदरमुकाममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन ललितपुर र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामले काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहमा आदिवासीको शिक्षा र बिकास कार्यक्रम सम्बन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । हाल काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहको पहिलो वर्षमा आदिवासीको बारेमा अध्यापन भइरहे पनि दोस्रो वर्षमा पनि अध्यापन गराउन पाठ्यक्रम निर्माणको लागि जुटेको अवस्थामा अध्ययन थालिएको हो । पहिलो चरणमा कोशी प्रदेशको इलाम, सुनसरी, सङ्खुवासभा…
भद्रपुर , २६ वैशाख । जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । उहाँले बताउनुभयो । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या…
काठमाडौँ, २६ वैशाख । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् । नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी…
मुम्बई, २६वैशाख। भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् । एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले…
सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको छ । वैशाख २५ गते विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २६ वैशाख । झापा र मोरङको विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वैशाख २४ गते मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र धरान–८ का ४६ वर्षीय राज तामाङ र ३५ वर्षीय प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन…