jhapaonline add

झापा, १२ वैशाख । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका हुन् । अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए । यस्तै वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार…

Read More

झापा, ११ बैशाख । झापा जिल्ला सहकारी संघको आगामी कार्यकालका लागि हुने निर्वाचनमा उम्मेदवारहरुको अन्तिम नामावली टुंगो लागेसँगै चुनावी चहलपहल तीव्र बनेको छ । निर्वाचन समितिले आज अन्तिम नामावली सार्वजनिक गरेसँगै आकांक्षी उम्मेदवारहरु मत माग्न व्यस्त छन् । यसै सन्दर्भमा संघको सचिव पदमा उम्मेदवारी दिनुभएका भवानीप्रसाद दंगाल ९भानु० आफ्ना एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएको छ । सुदृढ र व्यावसायिक संघको विकास, सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व, सहकारी संस्था र संघको प्रवद्र्धन, वित्तीय सवलता, व्यावसायिक संघ र संस्थाको सुरक्षा–प्रवद्र्धन गरी छ वटा बुँदे कार्ययोजनाका साथ आफू चुनावी मैदानमा उत्रिएको सचिवका प्रत्यासी दंगाल बताउनुहुन्छ । “सहकारी अभियान अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ”,…

Read More

झापा, ११ बैशाख । झापा जिल्ला सहकारी संघमा ९ पदमा १५ जनाको उम्मेवारी परेको छ । संघमा अध्यक्षसहित ११ पदमा सर्वसम्मत भए पनि बाँकी ९ वटा पदमा आकांक्षी बढी हुँदा १५ जनाको उम्मेदवारी परेको हो । केही पदमा सर्वसम्मतको प्रयास विफल भएपछि संघको आगामी कार्यकालका लागि बैशाख १३ गते निर्वाचन हुने निश्चित भएको छ । संघको एक जना खुला उपाध्यक्ष पदमा अर्जुन दंगाल, डिल्ली दाहाल र नारायणप्रसाद भट्टराईको उम्मेदवारी परेको छ । त्यस्तै, सचिव पदमा भवानीप्रसाद दंगाल, युवराज गिरी र लक्ष्मीप्रसाद बाँस्कोटाको उम्मेदवारी परेको छ । यस्तै, सहसचिवमा टसबहादुर श्रेष्ठ र बिनोद ढकालको उम्मेदवारी परेको छ । तीन जना खुला…

Read More

इलाम, ११ बैशाख । जिल्ला प्रहरी कार्यालय इलामले आज इलाम नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले इलाम नगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ पिपल बोटेका सन्तोष भन्ने सन्तवीर तामाङको साथबाट ९६० मिलिग्राम ब्राउनसुगर, इलाम नगरपालिका–६ का २९ वर्षीय नानु भन्ने विजय नेम्बाङ लिम्बूको साथबाट १.९३० ग्राम ब्राउन सुगर, इलाम सन्दकपुर गाँउपालिका–४ माबुका ३० वर्षीय चेतबहादुर गुरूङको साथबाट ३६० मिलिग्राम ब्राउनसुगर, इलाम नगरपालिका–७ का २७ वर्षीय सुप्रिम देवान र इलाम नगरपालिका–८ जिरोमा गाडी ग्यारेज सञ्चालन गर्ने झापाको बिर्तामोड…

Read More

गोरखा, ११ बैशाख । भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरूको उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ वर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ । आरूघाट गाउँपालिका बस्ने ३७ वर्षकी एक महिलालाई विगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाई निज र निजकी १५ वर्षकी छोरी तथा छोरीका १५ वर्षका साथीहरू समेतलाई भारततर्फ लैजाँदै गरेको थाहा पाएलगत्तै प्रहरीले उद्धार प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । ग्लुस्टिक प्याकेजिङ गर्ने काममा लगाइदिने, काम सजिलो, तलब पनि धेरै हुने भन्दै लोभ्याएर लैजाँदै…

Read More

चन्द्र बस्नेतकनकाई, ११ चैत । झापाको कनकाई नगरपालिकामा एक दर्जनभन्दा बढी सडकको निर्माण कार्य धमाधम भइरहेको छ । नगरका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी सडक निर्माणको काम धमाधम भइरहेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो । नगरका विभिन्न स्थानमा स्तरीय कालोपत्रे र पेबर्स सडकहरु निर्माण भइरहेका हुन् । कनकाई नगरपालिका–२ मा जामुनखाडी चोकबाट वनपथ मार्ग हुँदै बायोग्यास प्लान्टसम्म पुग्ने सडकमा १ हजार ४सय ५६ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पेबर्स लगाउने कार्य भइरहेको छ । संघीय पूर्वाधार निर्माण अन्तरगत ३ करोड रुपैयाँ लागत रहेको उक्त सडकको निर्माण युनिक कन्ट्रक्सन प्रालि इटहरीले गरिरहेको छ । त्यसैगरी कनकाई वडा…

Read More

झापा, ११ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको…

Read More

झापा, ११ बैशाख । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका सदश्य डा प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताउनुभयो । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उहाँको भनाइ छ । “आयोजना बैङ्क…

Read More

झापा, ११ बैशाख । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको बताए । बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।

Read More

झापा, ११ बैशाख । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।’ निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल…

Read More