झापा, ११ बैशाख । झापा जिल्ला सहकारी संघको आगामी कार्यकालका लागि हुने निर्वाचनमा उम्मेदवारहरुको अन्तिम नामावली टुंगो लागेसँगै चुनावी चहलपहल तीव्र बनेको छ । निर्वाचन समितिले आज अन्तिम नामावली सार्वजनिक गरेसँगै आकांक्षी उम्मेदवारहरु मत माग्न व्यस्त छन् ।
यसै सन्दर्भमा संघको सचिव पदमा उम्मेदवारी दिनुभएका भवानीप्रसाद दंगाल ९भानु० आफ्ना एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएको छ । सुदृढ र व्यावसायिक संघको विकास, सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व, सहकारी संस्था र संघको प्रवद्र्धन, वित्तीय सवलता, व्यावसायिक संघ र संस्थाको सुरक्षा–प्रवद्र्धन गरी छ वटा बुँदे कार्ययोजनाका साथ आफू चुनावी मैदानमा उत्रिएको सचिवका प्रत्यासी दंगाल बताउनुहुन्छ ।

“सहकारी अभियान अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ”, उहाँले भन्नुभयो, “सहकारीका संकटमोचन गरेर सहकारी अभियानलाई सफल बनाउन जरुरी छ ।”
लामो सयमदेखि सहकारी अभियानमा आबद्ध दंगाल सरकारको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा रहेको सहकारीलाई सुदृढ र सबल बनाउन सके मात्र मुलुकले हासिल गर्न खोजेको समृद्धि प्राप्त हुने बताउनुहुन्छ । “विश्वका धेरै मुलुकले सहकारीमार्फत् समृद्धि हासिल गरेको छ”, उहाँले भन्नुभयो, “समृद्धिका लागि सहकारी अपरिहार्य छ ।”
सहकारी क्षेत्रमा हाल देखिएका समस्या भित्री बाहिरी दुवै रुपमा रहेको उहाँको भनाइ छ । “भ्रमपूर्ण अफवाह र सहकारीभित्रै भएका केही कमिकमजोरीले सहकारी अभियान ‘आउट अफ ट्रयाक’ भएको छ । संघमार्फत् यसलाई सही ट्रयाकमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “म लामो समयदेखि सहकारी अभियानलाई सशक्त बनाउन लागिपरेको छु, त्यसैले पनि मैले संघको सचिव पदमा उम्मेदवारी दिएको हुँ ।”
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षको जिम्मेवारीमा रहनुभएका दंगाल करिब दुई दशकदेखि सहकारीकर्मी/अभियन्ताका रुपमा क्रियाशील हुनुहुन्छ । उहाँ हाल संघको सचिव पदमा हुनुहुन्छ । निर्वाचन समितिले बैशाख ११ गते सार्वजनिक गरेको अन्तिम नामावली अनुसार क्रम संख्या १ रहेकाले सचिव पदमा अमूल्य मतदान गरी विजयी गराउन संघका सम्पूर्ण मतदातामा उहाँले अनुरोध गर्नुभएको छ ।
संघको निर्वाचन बैशाख १३ गते शनिबार बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म बिर्तामोडस्थित साई पार्टी प्यालेस सिटी सेन्टरको सभा हलमा हुने निर्वाचन समितिले जनाएको छ ।


