jhapaonline add

झापा, २९ बैशाख । आइतबार बेलुका पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा मेचीनगर नगरपालिका वडा नं. १५ गाइनाबारी स्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्री लगायत २–३ जनाले सामुहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावा हुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको र सोही ठाँउमा जडान गरेको १ वटा सीसी टीभी क्यामेरा समेतमा फुटाई करिब दुई लाख २० हजार बराबरको क्षति भएको छ । त्यस्तै, वर्षासँगै आएको हावा हुरीले दमक नगरपालिका–८ का ५५ वर्षीय दुर्गा प्रसाईले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर,…

Read More

बिर्तामोड, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको बिर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन हुनुभएको छ भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएका पार्टीको निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए । यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव रहेका थिए । पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन…

Read More

झापा, २९ बैशाख । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिएका हुन् । ‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएका छन् । पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानव बस्तीमा…

Read More

झापा, २९ बैशाख । मुलुकको पहाडी र हिमाली क्षेत्रमा आज वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि मौसम बदलीमा बल पुर्‍याइरहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ। आज राति भने कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही…

Read More

बुधबारे, २८ बैशाख । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्ति गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । पत्रकारहरूको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा पत्रकारिता तालिम सम्पन्न गरिएको छ । तालिममा प्रेस क्लबका पदाधिकारी, सदस्यसंगै हालसम्म पत्रकारितासम्बन्धी तालिम नपाएका तर सञ्चार क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मी सहित गाउँपालिकाका सातैवटा वडाका इच्छुक विद्यार्थी र नागरिकहरुलाई सो तालिम प्रदान गरिएको थियो। तालिममा ४२ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थी अनिता अर्यालले आफूलाई पत्रकारिता तालिम लिन इच्छा जायर भएपछि सहभागी भएको र आधारभूत पत्रकारिता तालिम सिकारु पत्रकारका लागि निकै उपयोगी भएको बताउनुभयो ।…

Read More

झापा, २८ बैशाख । प्रेस सेन्टर नेपालले विभिन्न १० बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सेन्टरले आज देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत सूचना तथा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको सेन्टरका झापा अध्यक्ष पुष्प खड्काले जानकारी दिए । सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भइ छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने र स्वतन्त्र पत्रकारितामा बाधा पुर्याउने खालका रहेका, पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको बढोत्तरी गर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित…

Read More

इलाम, २८ बैशाख । नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिविरबाट नौ जना महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका स्वास्थ्य प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो । वडाका नागरिकहरूलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले वडा –४ बाट शिविर सुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना सङ्कलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरूसम्बन्धी परामर्श, पशु स्वास्थ्य सेवा परीक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी…

Read More

झापा, २८ बैशाख । चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार जारी गरेको मुलुकको ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले ९ महिनामा नेपालको निर्यात १८ खर्ब ८ अर्ब २० करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३।७ प्रतिशतले कमी भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो,चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क शिट, अदुवा,…

Read More

कनकाई, २८ बैशाख । झापाको कनकाई नगरपालिका वडा नं. १ ले यहाँका अपाङ्गता तथा फरक क्षमता भएका परिवारलाई झुल वितरण गरेको छ । कनकाई–१ स्थित सुन्दरकाली मिलिजुली समूहसँगको समन्वयमा वडाले ६० परिवारलाई झुल वितरण गरेको हो । कनकाई–१ का कार्यवाहक अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानको विशिष्ठ आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख पोखरेलले समाजको सर्वाङ्गिण विकासका लागि सबै क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । नेपालको संविधान र स्थानीय शासन सञ्चालन ऐनको अधिनमा रहेर नगरपालिकाले काम गरिरहेको बताउनुभयो । “समाजलाई अगाडि बढाउन, उठाउनका लागि…

Read More

झापा, २८ बैशाख । झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमातीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । त्यसैगरी वैसाख २७ गते विहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ का ५१…

Read More