झापा, २९ बैशाख । मुलुकको पहाडी र हिमाली क्षेत्रमा आज वर्षा तथा हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि मौसम बदलीमा बल पुर्याइरहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ।
आज राति भने कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।


