jhapaonline add

सन्तोष शर्माझापा, ६ चैत । झापाका स्थानीय तहले पत्रकारिताका क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास र प्रबद्र्धनका लागि आफूहरुले सहयोग गरिरहेको र आगामी दिनमा समेत गर्ने उनीहरुले प्रतिबद्धता जनाए । अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सञ्चारमाध्यमलाई नगरपालिकाले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । “शुरुमा ६० लाख रुपैयाँ छुट्याएका थियौं”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण अहिले ५० लाख छुट्याएका छौं ।” सबै…

Read More

बिर्तामोड, ६ चैत । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको हो । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कुल ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा मनिस कोइराला ४७६ र कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् । सदस्यमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।

Read More

मोरङ, ६ चैत । मोरङ धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली खटी स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रण गरेको थियो । आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २…

Read More

गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् । विज्ञप्तिको सुरुमै उनले भनेका छन्, ुएसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।ु ुशिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो’, उनले अगाडि भनेका छन् ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठुलो मञ्चमा उभिए पनि, मेरो…

Read More

काठमाडौं, ६ चैत । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली…

Read More

विराटनगर, ६ चैत्र । झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका–६ का २४ बर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका–७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिकलाई प्रतिबन्धित औषधी ट्रामोल–२ सय ५ क्याप्सुल, स्पास्मो–१ सय २५ चक्की र डिकोलिक–५९ चक्कि सहित नियन्त्रणमा…

Read More

किएभ, ६ चैत । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ । युक्रेनले ऊर्जा ग्रिडमा आक्रमणहरू रोक्न मात्र सहमत भएको केही घण्टापछि मस्कोले नागरिक पूर्वाधारमा आक्रमणहरूको रिपोर्ट गर्दै उक्त आरोप लगाएको हो । वासिङ्टनले तीन वर्ष पुरानो युद्धको व्यापक समाधानतर्फको पहिलो कदमका रूपमा पूर्ण ३० दिनको युद्धविरामका लागि दबाब दिइरहेको छ । तर मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै सम्झौता पश्चिमले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नेमा निर्भर रहने कुरामा जोड दिँदै अस्वीकार गर्नुभयो । क्रेमलिनका अनुसार पुटिनले आफ्नो सेनालाई ३० दिनका लागि युक्रेनी ऊर्जा लक्ष्यहरू…

Read More

भोजपुर, ६ चैत । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो । शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उनले जानकारी दिए । “हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले…

Read More

विष्णुप्रसाद पोखरेलदमक, ६ चैत । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु,…

Read More

झापा, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणको चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More