
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ असार । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिएको बर्ड फ्लु नियन्त्रणबाहिर जाँदै गर्दा ललितपुरस्थित जावलाखेल सदर चिडियाखानामा संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ। चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि असार २ गते नमुना परीक्षणका लागि पशु सेवा विभाग पठाइएको थियो। परीक्षणपछि असार ३ गते बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ। विभागले तत्काल समन्वय र नियन्त्रणका लागि टोली खटाए पनि चिडियाखाना भने तीन दिनसम्म खुला नै राखिएको थियो। असार ५ गते मात्रै चिडियाखाना प्रशासनले बर्ड फ्लु देखिएको भन्दै अनिश्चितकालका लागि चिडियाखाना बन्द गर्ने सूचना जारी गरेको थियो। संक्रमण पुष्टि भएको विषय समयमै…
झापा, ८ असार । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गल आसपासका किसानहरू वर्षौंदेखि जङ्गली हात्ती र बाँदरको आतंकबाट पीडित छन्। बाली पाक्ने समय नपुग्दै वन्यजन्तुले क्षति पुर्याउने समस्या यहाँका किसानका लागि सामान्य बनेको छ। तर स्थानीय भूपेन्द्र तामाङका लागि यो समस्या अहिले विगतको कुरा बनेको छ। पेसाले इन्जिनियर रहेका तामाङले छ वर्षअघि ‘टुकु कृषि फार्म’ दर्ता गरेर दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपे। पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा २०० रुपैयाँका दरले बिरुवा खरिद गरी ल्याएका उनले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती सुरु गरेको दाबी गर्छन्। ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रशस्त मात्रामा…
झापा, ८ असार । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू(भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ । अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली भएको छ । मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । सोमबार दिउँसो र राति देशका हिमाली र…
चितवन, ७ असार । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे आफूले संसद्मा दिएको अभिव्यक्तिको बचाउ गर्दै ब्रिटिस सरकारलाई मध्यस्थकर्ता बनाउन खोजेको नभई ऐतिहासिक प्रमाणको सन्दर्भमा कुरा गरेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको पर्याप्त प्रमाण नेपालसँग रहेको बताउनुभयो। “हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो। कालापानी–लिपुलेकको प्रमाण हामीसँग छ। ब्रिटिस शासनकालका अभिलेख र प्रमाणको कुरा गरेका हौँ, ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ,” उहाँले भन्नुभयो। प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाटै समाधान हुनुपर्ने धारणा दोहोर्याउनुभयो। साथै, आफ्नो राष्ट्रियताप्रति प्रश्न उठाइनु दुःखद भएको उल्लेख गर्दै “मेरो…
झापा, ७ असार । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।
मोरङ, ७ असार । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । प्रहरीका अनुसार कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेका बेला आइतबार दिउँसो करिब ३ः३० बजे उनले आफू बसेको कोठा थुनेर आत्महत्याको प्रयास गरेका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त तथा प्रहरी टोलीले कार्कीलाई सम्झाइ–बुझाइ गरी बाहिर ल्याउने प्रयास गरिरहेका बेला उनले…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ स्थित चारपानेमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सरकारी नीति तथा प्रक्रियाका कारण केही विकास निर्माणका कामहरू अपेक्षित रूपमा अघि बढाउन कठिनाइ हुने गरेको बताउनुभयो । नगरपालिकाले आह्वान गरेको बालुवा–गिटीको ठेक्काको सन्दर्भमा बोल्दै उहाँले कुनै पनि आवेदन नपरेकाले नगरबासीलाई आवश्यक गिटी उपलब्ध गराउन समस्या भएको स्पष्ट बनाउनुभयो । नगर प्रमुख प्रसाईंका अनुसार गिटीको सरकारी दर प्रति टिपर ७ हजार २ सय ५० रुपैयाँ (७.५ घनमिटर)भए पनि महँगीको कारण भाउ बढेकोले भ्याटसमेत जोडिँदा मूल्य करिब ९ हजार रुपैयाँ पुग्ने अवस्था छ।…
झापा, ७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको आगामी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले कार्यभार सम्हाल्नु भएको छ । पत्रकार महासंघको कार्यालयमा आज भएको बैठकमा महासंघको डेढ वर्षे कार्यकाल पूरा गर्नुभएका सचिव राजु पाठकले आज सचिव परियारलाई माइन्युट हस्तान्तरण गर्नुभयो । पत्रकार महासं झापाको तीन वर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याउनुभएको थियो । पहिलो डेढ वर्षे कार्यकालका लागि पाठकले र दोस्रो कार्यकाल परियारले सम्हाल्ने निर्वाचन समितिको निर्णय गरेको थियो । बैठकमा महासंघका पदाधिकारी एवम् सदस्यहरुले महासंघको हरेक गतिविधि एवम्…
झापा, ६ असार । झापाको चन्द्रगढीमा अग्रज झापाली स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिका १० न. वडा कार्यालयको सभाहलमा वर्तमान साहित्य प्रतिष्ठानको आयोजना भएको एकल कविता वाचन कार्यक्रममा कवि बुढाथोकीले आफ्ना कविताहरु सुनाएर कार्यक्रमलाई साहित्यमय बनाउनुभएको थियो । आफ्ना कविता सुनाउनु अघि उहाँले ‘भद्रपुर मेरो साहित्यिक सिर्जनाको प्रेरणा–भूमि हो । भवानी घिमिरे, हीरा आकाश, नकुल काजी, चूडामणि रेग्मी जस्ता नामूद साहित्यिक हस्तीहरुको कर्मभूमि भद्रपुरमा आएर कविता सुनाउन पाउँदा मलाई गौरव महसूस भइरहेको छ’ भन्नुभएको थियो । अर्का स्रष्टा धनकुटे कान्छाले ३० को दशकदेखिका स्थापित कवि प्रकाशको व्यक्तित्व, कृतित्व, रचना शिल्प, लेखनका साथै सामुदायिक…
बिर्तामोड, ६ असार । बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ। महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच खुला चित्रकला, कक्षा ४ देखि ५ सम्म बाती कात्ने , कक्षा ६ देखि ८ सम्म तबला वादन तथा कक्षा ९ र १० का विद्यार्थीबीच नेपाली कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको हो। चित्रकला प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयका आशिक मर्डी प्रथम, सहारा साकोसका मौषम महरा द्वितीय, न्युटन्स एकाडेमीकी कास्मी शिवाकोटी तृतीय तथा एभेन्चर एकाडेमीकी स्वीकृति गड्तौला र निधि सेकेण्डरी स्कुलकी तृषिका तिम्सिना सान्त्वना भएका छन्। यस्तै बाती कात्ने प्रतियोगितामा जनता आधारभूत विद्यालयका अमित हेमरम…