
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
रौतहट, २१ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ मा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटकै गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको हो । तीव्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । कार चालक हेटौँडा–१२ घर भएका ४३ वर्षीय कुमार…
झापा, २१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ । आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेपालगञ्ज, २१ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गरी उपचारको दायरा विस्तार गरिने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचार समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने गरी उल्लेख गरिएको बताउनुभयो । उहाँले बीमा प्रणालीलाई व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरू बीमा प्रणालीमा जोडिने पनि बताउनुभयो । उहाँले बिमालाई सर्वसुलभ गराउन बिमितहरुले बीमा गरेको महिना दिनबाटै सेवा पाउने बताउनुभयो । यसअघि बीमा गरेको तीन महिनापछि मात्रै बिमितले सेवा लिन…
झापा, २१ बैशाख । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपतमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको कोष स्थापना गरेको छ । सो कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफूले जन्म दिनमा ५१ हजार एक सय रुपैयाँ सहयोग गरिरहने अध्यक्ष गिरीले बताए । कञ्चन निर्माण सेवाका सञ्चालक समेत रहेका गिरी…
चन्द्र बस्नेतकनकाई, २१ बैशाख । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा कनकाई–३ का ३० जना छात्राका लागि ३ महिने कम्प्युटर तालिम सुरु गरिएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत वडाका १३ वटै टोलबाट सहभागिता हुने गरी ३० जना छात्रालाई ३ महिने कम्प्युटर तालिम दिन शुरु गरिएको हो । तालिमको आइतबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । तालिमका लागि कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई कम्प्युटर इन्स्टिच्युटसँग सहकार्य गरिएको आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई संस्थाकी अध्यक्ष पुष्पा भट्टराई कडेलले जानकारी दिनुभयो । सहभागीहरुलाई इन्स्टिच्युटमा प्रशिक्षक प्रवेश घिमिरेले प्रशिक्षण दिने…
सुनसरी, २१ वैशाख । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी–६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद…
काठमाडौँ, २१ वैशाख । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६…
इनरुवा, २१ वैशाख । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो । “मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो…
कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्। घर नजिकैको बगरमा लगाइएको तरकारी टिप्न गएको बेला एक्कासी हुरी बतास र पानीसँगै परेको चट्याङले लाग्दा गर्भवती समेत रहेकी रानाको ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिनुभयो । घटनामा परी गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेची प्रादेशिक अस्पतालको बोलपत्र आह्वान सम्बन्धी सूचना !