
झापा, २१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ ।
बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ ।

आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
Facebook Comments Box

