रौतहट, २१ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ मा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ।
आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटकै गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको हो । तीव्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो ।
चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । कार चालक हेटौँडा–१२ घर भएका ४३ वर्षीय कुमार पोखरेललाई पक्राउ गरिएको छ ।
Facebook Comments Box


