jhapaonline add

झापा, २२ बैशाख । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१–८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत रु ६९ करोड छ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय…

Read More

भद्रपुर, २२ बैशाख । झापाको भद्रपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । गएराति ९ः३० बजे मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर–२ का ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो । स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको…

Read More

झापा, २२ बैशाख । वैज्ञानिकहरूको एक टोलीले चाँडै नै मान्छेको रगतबाट सर्पको विषलाई निष्क्रिय पार्ने औषधि (एन्टिभेनम) तयार गर्ने दाबी गरेको छ । यो टोलीका एक जना व्यक्ति अमेरिकाका टिम फ्राइड हुन् । उनलाई पछिल्लो २० वर्षमा २ सय पटक विषालु सर्पले टोकेको छ । जसका कारण उनको रगतलाई सर्पको विषलाई निष्क्रिय पार्ने क्षमता बढाइदियो । अब उनको रगतमा पाइने यी एन्टिबडीहरू प्रयोग गरेर वैज्ञानिकहरूले औषधि बनाउँदैछन् । अहिलेका एन्टिभेनमहरूले विशेष सर्प प्रजातिहरूको विषलाई निष्क्रिय पार्न मात्र काम गर्छन् । तर फ्राइडको रगतले सबै सर्पको टोकाइको लागि प्रयोग गर्न सकिने एन्टिभेनम विकास गर्न मद्दत गर्ने दाबी गरिएको छ । जनावरहरूमा…

Read More

कञ्चनपुर, २२ बैशाख । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताउनुभयो ।रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Read More

झापा, २२ बैशाख । रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ। केलियन एमबाप्पेको दुई गोलले आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले हराएको हो। रियलको जितमा अर्डा गुलरले एक गोल गरेका थिए । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । ला लिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ। गएराति नै भएको खेलमा सेभिल्ला र लेगेनासले २–२ को बराबरी गर्दै अंक बाँडे। रियल बेटीसले स्प्यानोललाई २–१ ले हराउँदा रियल सोसिडाड र एथलेटिको क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे।

Read More

झापा, २२ बैशाख । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पौडेलसहित तीन जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७ सय ४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हो । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसलामा उल्लेख…

Read More

झापा, २२ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन…

Read More

झापा, २१ बैशाख । देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने क्रम जारी छ। आज आइतबार राति पनि सातै प्रदेशमा पानी र हिउँ पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार आज राति केही प्रदेशमा भारी वर्षा र हुरीको समेत सम्भावना छ। कोसी प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशः तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना…

Read More

झापा, २१ बैशाख । काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्। आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्। उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीको दाबी छ। थप अनुसन्धान…

Read More

रौतहट, २१ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ मा आज कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। आज बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटकै गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको हो । तीव्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो । कार चालक हेटौँडा–१२ घर भएका ४३ वर्षीय कुमार…

Read More