झापा, २१ बैशाख । देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने क्रम जारी छ।
आज आइतबार राति पनि सातै प्रदेशमा पानी र हिउँ पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार आज राति केही प्रदेशमा भारी वर्षा र हुरीको समेत सम्भावना छ।
कोसी प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेशः तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशः हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


