jhapaonline add

सन्तोष शर्माभद्रपुर, १ असार । झापाको भद्रपुर नगरपालिकाले प्रदान गरेको आत्मरक्षा तालीम पाएपछि किशोरीहरुमा आत्मरक्षा गर्ने हिम्मत बढेको छ । भद्रपुर नगरपालिका–८ की गुञ्जन पौडेलले तालीम लिएपछि हुन सक्ने सम्भावित दुव्र्यवहारबाट आफूलाई बचाउने सक्ने हिम्मत बढेको बताउनुभयो । “तालीमबाट धेरै कुरा सिक्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “कसैले ह्यारेसमेन्ट गर्न खोज्यो भने लड्ने हिम्मत गर्नुपर्नेरहेछ भन्ने सिकेँ ।” उहाँजस्तै वीरेन्द्र मावि चन्द्रगढीकी छात्रा आकृति लिम्बूले तालीमले आफूलाई सुरक्षित गर्न सक्ने बनाएको बताउनुभयो । आफूजस्तै धेरै साथीहरु तालीमबाट ‘सेल्फडिफेन्स’ गर्न सक्ने भएको उहाँले बताउनुभयो । “कसरी जोगिने भन्ने सिकेँ”, उहाँले भन्नुभयो, “यस्ता तालीम हामी जस्ता सबैले लिनुपर्ने रहेछ ।” तालीमकी प्रशिक्षक मेचीनगर…

Read More

झापा, १ असार । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष…

Read More

झापा, १ असार । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२…

Read More

पाँचथर, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो…

Read More

मोरङ, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन जना सम्मानित भएका छन् । सम्मानित हुनेमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगरमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए । यस्तै, आफैँ रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो ।…

Read More

झापा, १ असार । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए। पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि घाइते भएका छन्। विमलाको कान…

Read More

झापा, १ असार । झापाको अर्जुनधारा नगरपालिकामा गएराति पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । अर्जुनधारा–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा काठमाडौं महानगरपालिका–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएको ४० वर्षीय केशव पाठक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । डुबेर घाइते भएका उनलाई साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

मोरङ, ३१ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ…

Read More

सन्तोष शर्माभद्रपुर, २६ जेठ । झापाको भद्रपुर नगरपालिकामा २१ वटा योजनाकाल लागि करिब रू ४२ करोड बढी बजेट संघीय सरकारले विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले यहाँका विभिन्न २१ वटा योजना निर्माणार्थ रू ४१ करोड ९५ लाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । नगरप्रमुख गणेश पोखरेल भद्रपुर–६ स्थित राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको संग्रहालय भवनका लागि रू तीन करोड, भद्रपुर–८ स्थित मेची रंगशालाका लागि रू तीन करोड, भद्रपुर–८ स्थित गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहका लागि रू तीन करोड, भद्रपुर–५ र ६ सिटी गार्डेन–बहलमानपट्टि हुँदै झिम्की चोकसम्म सडक निर्माणार्थ रू…

Read More