
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
टेक्सास, २२ असार। अमेरिकाको टेक्सास राज्यको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्खया ४३ पुगेको छ । यसमा १५ बालबालिका पनि समावेश छन्। सयौँ उद्धारकर्मीहरू बेपत्ता भएकाहरूको खोजीमा खटिएका छन्। केयर काउन्टीका सेरिफ ल्यारी लेइथाले ‘सबै जना नभेटिएसम्म खोजी कार्य जारी रहने’ प्रतिज्ञा गरेका छन्। दोस्रो रात पनि खोजी कार्य जारी रहँदा, काउन्टी अधिकारीहरूले नदी किनारमा रहेको एक युवा शिविरबाट २७ बालबालिका अझै बेपत्ता रहेको बताएका छन्। केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म करिब ८५० जनाको उद्धार गरिएको छ। मध्य टेक्सासका लागि सप्ताहन्तभरि बाढीको चेतावनी जारी गरिएको छ। शनिबार दिउँसो आयोजित पत्रकार…
विराटनगर, २२ असार । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले २० ग्राम ३७ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित काठमाडौँको काठमाडौँ महानगरपालिका–३ का २१ बर्षीय अनमोल भण्डारी र २० बर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरेको छ । असार २१ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थितबाट उक्त परिणामको खैरो हिरोइनसहित पक्राउ गरीएका दुबैजनाको इलाका प्रहरी रानी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।
विराटनगर, २२ असार । सुनसरीको इटहरी उप–महानगरपालिका–१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका–३ मेची खोलाको दोभानमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी–१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागि सान्बी सिटी अस्पताल इटहरी पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । यसैगरी भद्रपुर–२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा…
झापा, २२ असार । झापा र उदयपुरको छुट्टा छुट्टै स्थानहरुमा असार २१ गते सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१० स्थित भित्री सडक खण्डमा प्र.१ .०१.००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मेचीनगर–११ का ३२ बर्षीय राज कररिया र मेचिनगर–१२ स्थित मेचि हाईवेमा प्र.१.०१.००२ ह। ५५७१ नम्बरको अटो र मे. ८ प. ८०३ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक अर्जुनधारा–११ का ३४ बर्षीय भिम बहादुर सार्कीको उपचारको क्रममा B&C अस्पतालमा मृत्यु भएको हो । अटो चालक बुद्वशान्ति–१ का ४० बर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले…
झापा, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई…
नेपालगन्ज, २२ असार । बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारीका ६० वर्षीय टोप बहादुर रोका क्षेत्रीको आफ्नै कान्छो छोराले हत्या गरेका छन् । शनिबार राति करिब ८ बजे ३२ वर्षीय छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। हत्या लगत्तै फरार प्रहरीका अनुसार घटना हुँदा घरमा अन्य परिवार सदस्यहरू अनुपस्थित थिए, जसको फाइदा उठाउँदै भविलालले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्या किन गरियो भन्नेबारे यथार्थ खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीको खोजी तीव्र हत्या पछि फरार रहेका भविलालको खोजीमा प्रहरी जुटेको छ। तालिमप्राप्त कुकुरको सहयोगमा खोजी कार्य थप तीव्र पारिएको बाँके प्रहरीले जानकारी दिएको…
टेक्सस, २२ असार । अमेरिका टेक्सस राज्यमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। रोयटर्सका अनुसार ज्यान गुमाउनेमा १५ बालबालिका पनि रहेका छन्। यस बाढीमा फसेका ८५० जनाको सकुशल उद्धार गरिएको छ। केरभिल सहरका प्रबन्धक डाल्टन राइसले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा २७ युवतीसहित धेरै जना अझै बेपत्ता रहेको जानकारी दिएका छन्। स्थानीय तथा संघीय निकाय उनीहरूको खोजीमा जुटिरहेका छन्। संयुक्त उद्धार प्रयासका सन्दर्भमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “ट्रम्प प्रशासन टेक्ससमा शुक्रबार आएको बाढीपछिको उद्धार कार्यमा राज्य र स्थानीय अधिकारीहरूसँग मिलेर कार्यरत छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम…
झापा, २२ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तास्केन्दको बुन्योदकोर रङ्गशालामा शनिबार भएको रोमाञ्चक खेलको निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। कठिन शुरुआत, साहसी पुनरागमन पहिलो हाफमै ३–१ ले पछि परेको नेपालले दोश्रो हाफमा उच्च मनोबल प्रदर्शन गर्दै दुई गोल थप्दै बराबरी कायम गरेको थियो। उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयिमोभाले एक–एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोलले घरेलु टोलीको अग्रता बढायो। नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले २४औं, ७०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्…
भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय सालो सयन गिरीको हत्या गरेका हुन् । हत्या पश्चात राई आफैंले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। उनी गम्भीर घाइते अवस्थामा फेला परेका छन् र अहिले उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण घरायसी विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान…
झापा, २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी,…