
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ जेठ । सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् । राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा छपाइको जिम्मा विभागको हो । अहिले छपाइ हुँदै आएको राष्ट्रिय परिचयपत्रमा चिप्स र क्युआर कोड दुवै प्रयोग गरिएको हुन्छ । चिप्सको लागि कार्ड छपाइ आवश्यक हुन्छ । तर, पछिल्लो समयमा चिप्सको काम समेत क्युआर कोडको सिस्टम आएपछि चिप्सको कार्ड छपाइ आवश्यक हुन…
झापा, १६ जेठ । झापा भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँँदै गरेको ग ११ प ६०९५ नं. को मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय एल्बिज बस्नेतलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकबाहेक ३ ग्राम ४८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ जेठ । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी चोकको एक खाजा घरमा गएराति आगलागी भएको छ । धुलाबारीस्थित दिपक निरौलाको आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा अचानक विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट होटलमा रहेको फ्रिज, टिभी, विद्युतीय चुलो र विभिन्न सामानहरु जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानियवासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा गएराति १०ः३५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । साथै, अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ जेठ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो सिलसिला आज शुक्रबार दिउँसो ९दिनमा० र राति पनि यथावत् रहने सम्भावना छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसोः कोसी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि…
झापा, १६ जेठ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।…
भद्रपुर, १५ जेठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरू।– प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ्यो ।– आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत ।– मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ।– दुई वर्षभित्र चामलमा आत्मनिर्भर ।– सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता ।– वृद्ध भत्ताको उमेर ७० वर्ष ।– बाली लगाउने समयभन्दा १५ दिन अगावै समर्थन मूल्य तोक्ने व्यवस्था ।– चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण ।– आगामी आवभित्र पाँच लाख परिवारलाई जग्गाधनी…
भद्रपुर, १५ जेठ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले सकृय पत्रकारितामा रहेका ७ जना अग्रज पत्रकारलाई नगद सहित सम्मान गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सकृय पत्रकारिता गरिरहेका ७ जना पत्रकारलाई नगद एक लाख सहित सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने, रासस कोशी प्रदेश प्रमुख सदरूल मोहमद, राजेशबहादुर श्रेष्ठ धनकुरा, यसोदा सेने सुनसरी, र मनोजकुमार दाहाल मोरङ रहनु भएको छ । यस्तै कार्यक्रममा प्रदेशभरीबाट निबन्ध लेखनमा उत्कृष्ट भएका ५ विद्यार्थी र ५ लेखकलाई समेत नगद सहित सम्मान गरिएको थियो…
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापनमा रू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको…
भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व–२०८२ आज हर्षोल्लासका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित साकेला भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । प्रारम्भिक समितिका अध्यक्ष रंगवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्य रहेको थियो । साकेला भूमेथानको पूर्वाधार निर्माण समिति संयोजक नीरबहादुर राईले निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चका बारेमा जानकारी दिनुभयो । येले सम्बत् ५०८५ समेतको शुभकामना आदान–प्रदानसमेत गरिएको कार्यक्रममा प्रमुख अतिथि गणेश राई, विशिष्ट अतिथि किरात राई विद्यार्थी संघ केन्द्रीय सदस्य आयुष…
भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो ।