झापा, १६ जेठ । सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् ।
राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा छपाइको जिम्मा विभागको हो । अहिले छपाइ हुँदै आएको राष्ट्रिय परिचयपत्रमा चिप्स र क्युआर कोड दुवै प्रयोग गरिएको हुन्छ । चिप्सको लागि कार्ड छपाइ आवश्यक हुन्छ । तर, पछिल्लो समयमा चिप्सको काम समेत क्युआर कोडको सिस्टम आएपछि चिप्सको कार्ड छपाइ आवश्यक हुन छोडेकोले कार्ड छपाइ बन्द गर्ने तयारी गरेको कट्टेल बताउँछन् ।
Facebook Comments Box


