jhapaonline add

काठमाण्डौ, ३० वैशाख । दक्षिण कोरियाली ब्रान्ड सामसङको सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक भएको छ । आफ्नो प्रतिद्वन्द्वी एप्पललाई टक्कर दिन सामसङले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन एस२५ एज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ दशमलव ८ मिलिमिटर पातलो यो फोनमा कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का सुविधाहरू बढाइएको र एप्पललाई उछिन्दै अघि बढ्ने लक्ष्य राखेको खबरमा उल्लेख छ । विशेषगरी २० र ३० वर्ष उमेर समूहका उपभोक्ताहरूको मागलाई सम्बोधन गर्न यो फोन बनाइएको सामसङले जनाएको छ । १ सय ६३ ग्रामको यो फोनले थप पोर्टेबल स्मार्टफोनको मागलाई सम्बोधन गर्ने कम्पनीको दाबी छ । एस२५ एजमा २०० मेगापिक्सेलको मुख्य…

Read More

झापा, ३० वैशाख । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरूपका आधारमा नाम दिनुभएको हो । ‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नाम सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्ती पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानवबस्तीमा…

Read More

बिष्णुप्रसाद पोखरेलदमक, ३० वैशाख । दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका २७ घरमा आंशिक क्षति पुगेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । धेरैको टिनको छानो, टाटीबेरा भत्काएको छ । यसैगरी तीन वटा कृषि फर्ममा क्षति पुगेको पाइएकोे जानकारी उहाँले दिनुभयो । थापाका अनुसार नगरभित्र नौ वटा बिजुलीको पोल सडकमा ढलेका थिए । विद्युत अवरोध भएका ठाउँहरुमा तत्कालै विद्युत सुचारु गराउन पहल गरिएअनुसार अहिले विद्युत सुचारु भइसकेको थापाले बताउनुभएको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर ढलेका पोलहरुको व्यवस्थापन गरिएको थियो । केही सवारी साधनमा…

Read More

काठमाडौँ, ३० वैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सिराहा, मिर्चैया नगरपालिका–७ बाख्रा बजारस्थित सडकमा बा.प्र।०१.००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । बाँके, नरैनापुर गाउँपालिका–६ जमुनी चोकस्थित सडकमा यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको…

Read More

बिर्तामोड, ३० बैशाख । झापा थ्रीएक्सथ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने उक्त प्रतियोगिता अन्तरगत सोमबार राति भएको फाइनल खेलमा विभागी टोली आर्मीमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरमा जित निकाल्दै उपाधि रक्षा गर्यो । जितसँगै टाइम्सले नगद २ लाख र आकर्षक ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले नगद १ लाखमा चित्त बुझाएको छ । टाइम्सकै श्रेयसबहादुर शाह बेस्ट प्लेयर बने । आर्मीले सेमिफाइनलमा झापा बास्केटबल एशोसिएशनलाई २१(६ को फराकिलो स्कोरले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । यस्तै,…

Read More

झापा, ३० बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहितका केही मुद्राको विनियमदर स्थिर रहँदा बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनियमदर हिजो बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही मूल्यमा हुँदै आएको छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो।…

Read More

कनकाई, ३० बैशाख । झापाको कनकाईस्थित सुरुङ्गा सोकला थानमा येलेदोङ्ग ५०५८ उभौली साकेला पूजा गरिएको छ । किरात राई यायोक्खा कनकाई नगर समितिको आयोजनामा सुरुङ्गा साकेला थानमा उभौली साकेला पूजा गरिएको हो । कार्यक्रम नगर समिति अध्यक्ष अर्जुनकुमार राईको अध्यक्षता तथा झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा भएको हो । शिक्षा संस्कार संस्कृति जगेर्ना गरे हुन्छ सम्पूर्ण जातीय उन्नती भन्ने नाराका साथ आयोजित उभौली साकेला पूजामा किरात विधि अनुसार पूजापाठ, जातीय नृत्य लगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एलपी साँवा लिम्बू, विशिष्ठ अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस नेता देउकुमार थेवे, प्राडा…

Read More

राजेश ढुंगानानेपाली कांग्रेसका नेता शेखर कोइरालाले समेत बारम्बार मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको कुरा बताइरहनु भएको छ । सत्ताधारी दलकै वरिष्ठ नेता कोइरालाले सरकारलाई लगातार रूपमा सचेत मात्र गराइरहेका छैनन्– खबरदारी नै गरिरहेका छन् । त्यसो त कोइरालाले ‘कांग्रेस सत्तामा छ, सरकारमा छैन’ पनि भनेकै हो । यसरी हेर्दा कांग्रेस कार्यकर्ताको ठूलो पंक्ति एमालेसँगको सहकार्यप्रति प्रारम्भदेखि नै सन्तुष्ट छैन भन्ने देखिन्छ । जसलाई नेता कोइरालाले आफ्नो वाणी दिएका हुन् । हुन पनि कांग्रेस पहिलो पार्टी भएर पनि एमालेको नेतृत्वमा राख्ने आत्मघाती निर्णय देउवाबाट भएपछि स्वाभिमानी कांग्रेस कार्यकर्ताले असहज महसूस र असन्तुष्ट हुनु स्वाभाविक नै हो । सरकारमा गएपछि सरकार…

Read More

झापा, ३० बैशाख । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ। गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको उनले बताए । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको छ। यता, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको बिहानैदेखि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले…

Read More

झापा, ३० वैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । आज दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका…

Read More