
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ असार । इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई ३–२ गोलले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा जुड बेलिङहमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्नुभयो । कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा एक गोल थप्नुभयो । यसअघि इङ्ल्यान्ड ५४औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जरेल क्वेनशाह रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । बल पोसेसन राम्रो राख्दै इङ्ल्यान्डलाई टक्कर दिएको सहआयोजक मेसिक्कोका लागि जुलियन कुईनोनेसले ४२औँ र राउल जिमिनेजले ६९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।…
झापा, २२ असार । आज पनि देशका विभिन्न स्थानमा वर्षा र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणमा दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा रहिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान, मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको सम्भावना छ। राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म…
तेहरान, २२ असार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको मृत्यु भएको थियो । इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ ।…
भद्रपुर, २२ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। आइतबार अपराह्न करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ९५३६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक बिर्तामोड नगरपालिका–९, गरामनी निवासी ४४ वर्षीय चन्द्रप्रसाद राजवंशीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार शंकाका आधारमा गरिएको जाँचका क्रममा राजवंशीले आफ्नो मलद्वारभित्र लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। प्लास्टिकसहित उक्त पदार्थको तौल १६ ग्राम २५० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम १४० मिलिग्राम रहेको प्रहरीले जनाएको…
एजेन्सी, २२ असार । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् । अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका नेइमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए । त्यसपछि ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भने, “मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा सुरु गरेको थिएँ…
झापा, २१ असार । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ । नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान २–१ हराउँदै अन्तिम १६ मा पुगेका हुन् । ब्राजिल समूह ‘सी’ को विजेता र नर्वे समूह ‘आई’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन । यी दुई टोलीबीच अहिलेसम्म ४ पटक अन्तर्राष्ट्रिय खेल भएको छ । नर्वेले सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले हराएको थियो । यस्तै नर्वेले…
विराटनगर, २१ असार । नेपाल वन निगम लिमिटेडलाई खारेज गर्नुपर्ने पूर्वी नेपालका काष्ठ व्यवसायीले माग गरेका छन् । डिभिजन वन कार्यालयमार्फत अधिकतम एक हजार २५० रुपैयाँ क्युबिक फिटका दरले सखुवा प्रजातिको गोलिया खरिद गरी त्यसबाट उत्पादन हुने करिब ८० प्रतिशत चिरान काठलाई चार हजार ३५० रुपैयाँका दरले सर्वसाधारण उपभोक्तालाई बिक्री गर्दै आएको निगम निरन्तर घाटामा गएपछि व्यवसायीले खारेजीको माग गरेका हुन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष निर्मल खतिवडाले भन्नुभयो, “वन कार्यालयलाई एक हजार २५० क्युबिक फिटको दरले राजस्व बुझाई गोलिया काठ खरिद गर्ने र त्यसबाट उत्पादन हुने चिरान काठलाई चार हजार ३५० मा बिक्री गर्दा…
काँकडभिट्टा, २१ असार । मेची नेत्रालय तथा नेत्र अनुसन्धान केन्द्र प्रालिले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा मेचीनगर नगरपालिकाका बासिन्दाका लागि विशेष स्वास्थ्य सेवा तथा छुट योजना सार्वजनिक गरेको छ।समुदायलाई सहज, गुणस्तरीय र पहुँचयोग्य नेत्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत मेचीनगरका स्थायी बासिन्दाले केवल ५० रुपैयाँमा आँखा परीक्षण गराउन सक्नेछन्। साथै, मोतिबिन्दुको शल्यक्रियामा विशेष छुट तथा चश्मा खरिदमा २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ।यो सुविधा मेचीनगर नगरपालिकाका स्थायी बासिन्दाका लागि मात्र लागू हुने अस्पतालले स्पष्ट गरेको छ। सेवाग्राहीले आवश्यक परिचय खुल्ने कागजातसहित अस्पतालमा उपस्थित भई उक्त सुविधाको लाभ लिन सक्नेछन्।मेची नेत्रालयले विगत १९ वर्षदेखि पूर्वी नेपालमा आधुनिक…
झापा, २१ असार । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।
झापा, २१ असार । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सहकारी ठगीबाट पीडित साना बचतकर्तालाई राहत उपलब्ध गराउने अभियान सुरु गरेको जनाएको छ। सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गर्दै शनिबार जारी गरेको प्रतिवेदनअनुसार समस्याग्रस्त १० वटा सहकारी संस्थाका १ हजार ७ सय ५४ जना साना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ बचत फिर्ता गरिएको छ। प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका बेथिति तथा ऋण असुलीमा देखिएको समस्या समाधान गर्न सरकारले विशेष प्रणाली विकास गरी असुली प्रक्रियालाई तीव्रता दिएको उल्लेख गरिएको छ। साथै, पीडित बचतकर्ताको रकम फिर्ता गराउने कार्यलाई प्रभावकारी बनाउन सरकारले २५ करोड रुपैयाँ बजेट निकासा गरिसकेको पनि जनाएको छ।…