jhapaonline add

एजेन्सी, १२ असार । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा कम्तीमा ९० जना मारिएका छन् । गाजामा रहेका अस्पताल र राहत केन्द्रमा गएको २४ घण्टामा इजरायलले गरेको आक्रमणमा ९० जनाको ज्यान गएको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा आक्रमण भएको हो । पछिल्लो समय गाजामा राहत लिन पालो कुरेर बसेकाहरू आक्रमणमा परिरहेका छन् । गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र नजिकै छ । त्यहाँ भीड जम्मा हुनेबित्तिकै इजरायली आक्रमणको जोखिम बढ्ने गरेको छ ।

Read More

झापा, १२ असार । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए । सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी बाटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ । कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय…

Read More

झापा, १२ असार । यस वर्षको एसइई परीक्षा नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ र प्राप्ताङ्क इन्ट्रीको अन्तिम चरणमा काम भइरहेको छ । यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । गत वर्ष चैत ७–१९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

Read More

झापा, १२ असार । पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालयले तत्काल प्रभावकारी परियोजना कार्यान्वयन गर्ने भएको छ। योजनालाई सफल बनाउन सम्बन्धित विकास साझेदारसँग अन्तरक्रिया गरी सुझावहरू सङ्कलन गरिएको छ। वनमन्त्री ऐनबहादुर शाही ठकुरीले तत्काल र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। राहत प्रक्रिया सरल बनाउने र आधुनिक प्रविधिसहित स्थानीय सहभागिता सुनिश्चित गरिनेछ। २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको ज्यान गएको छ भने मानिसको आक्रमणबाट ५५ हात्ती मरेका छन्। हात्तीका कारण कृषि, पशु र घरगोठमा ठूला क्षति हुने गरेको छ। सहसचिव बुद्धिसागर पौडेललगायत वक्ताहरूले शिक्षाद्वारा चेतना फैलाउने, वैकल्पिक खेती प्रोत्साहन गर्ने र बिमा…

Read More

कञ्चनपुर, १२ असार । भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रबाट बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फिर्ता गरिएको हो। उद्धारपश्चात गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गर्दै उद्धारकर्ताप्रति आभार व्यक्त गरेका थिए। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ पुगेपछि कोठामा थुनेर खानपान तथा आवतजावतमा कडाइ गरिएको उनीहरूको भनाइ छ। एक पीडितले भने, “हामीलाई २३ हजार भारु लिएर जागिरका लागि लगियो, तर त्यहाँ पुगेर थुनेर राखियो, न त काम थियो, न राम्रो खाना।” उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम…

Read More

झापा, १२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको…

Read More

भद्रपुर, ११ असार । झापाको भद्रपुर नगरपालिका–९ घोडामारा स्थित गोजा टोल विकास संस्थाको पहलमा हडिया खोलाको उकास क्षेत्रमा एक हजार विरूवा रोपिएको छ । भद्रपुर ९ नम्वर वडा कार्यालय तथा भद्रपुर जेसीजसितको सहकार्यमा ६ विगाह क्षेत्रफमा रहेको ऐलानी जग्गामा खोला कटान रोक्दै पर्यावरणको सुरक्षाका लागि टोल विकास संस्थाले वृक्षारोपण गरेको हो । टोल विकास संस्थाका अध्यक्ष तनामन राजवंशीको अध्यक्षता तथा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर ९ का सभापति युवराज ढकाल, बाल संस्कार कक्षा सञ्चालक समिति कोशीका सदस्य ईश्वर पोखरेलले मन्तव्य राख्दै चन्द्रगढी…

Read More

सन्तोष शर्माभद्रपुर, ११ असार । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना कारोबारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आज दिउँसो भद्रपुर नगरपालिका–७ बाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङलाई दुई ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भद्रपुर–७ स्थित आनिमार्गमा बा.प्र. ०१–०२५च ०८७७ नं. को कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई…

Read More

चन्द्र बस्नेतकनकाई, ११ असार । झापाको कनकाई नगरपालिका–३ मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना र कनकाई–३ को आर्थिक सहयोगमा गत बैशाख २१ गतेदेखि शुरु भएको ३ महिने तालिम आज सम्पन्न भएको हो । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई (कडेल)को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं रहनुभएको थियो । प्रमुख अतिथि चौलागाईंले यस्ता तालिम नगर तथा वडामा अतिआवश्यक रहेको मनन् गर्दै आगामी दिनमा समेत वडाको तर्फबाट बजेटको व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने बताउनुभयो । ३ महिनासम्म सिकेको सिपलाई सकेसम्म सदुपयोग गर्दै अगाडि बढ्न…

Read More

झापा, ११ असार । रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवाटोलमा ट्वाइलेटको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर–१० निबुवाटोलकी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । खेल्ने क्रममा मंगलबार साँझ उनीहरू छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् । ट्वाइलेटको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको र खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेको उहाँले बताउनुभयो । सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति नै…

Read More