
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, १० असार । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार चालु…
न्यूयोर्क, १० असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताउनुभएको हो । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् । राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भन्नुभएको…
झापा, १० असार । आज देशैभरका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्दैछन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये सोमबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन् । बजेट सार्वजनिक गर्न बाँकी रहेका स्थानीय तहले आज सार्वजनिक गदैछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने…
सन्तोष शर्माभद्रपुर, १० असार । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले रू ८० करोड पाँच लाख २८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो । नगरको वास्तविक आवश्यकतालाई पहिचान गरी बजेट निर्माण गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । चालू आर्थिक वर्ष २०८१÷ ८२ मा रू १ अर्ब २ करोड २० लाख १९ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रू २२ करोड १४ लाख ९१ हजार न्यून बजेट सार्वजनिक भएको छ । “विगतका वर्षहरूमा हामीले…
झापा, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र…
झापा, ९ असार । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । भन्सार छली भारतबाट नेपालतर्फ ल्याइएको मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक शम्शेर बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ३ लाख ५५ हजार ७०० बराबरको सामान नियन्त्रणमा लिएको हो । टोलीले सो सामग्रीलाई मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभएको छ। बरामद सामग्रीमा विभिन्न प्रकारका मोबाइल पार्टपुर्जा तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू रहेका छन्। यसरी भन्सार चोरी नियन्त्रणमा…
हल्दिबारी, ९ असार । हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भएको गाउँ सभामा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले समग्र क्षेत्रको विकासका योजना सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सभामा प्रमुख अतिथि कोशी प्रदेसका सांसद छविलाल चुडाल रहेका थिए । गाउँपालिकाले यस वर्ष पनि कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । कृषि तर्फ किसानको खुसी, पशुपालन र कृषि कार्यक्रमलाई निरन्तरता दिँदै ५० प्रतिशत लागत साझेदारीमा कृषि यान्त्रिकरण उपलब्ध, प्राङगारिक मल उत्पादनमा साझेदारीसहित स्वस्थ्य माटो र बाली बढाऔँ…
झापा, ९ असार । झापाको कनकाई नगरपालिका–४ स्थित नमुना टोलमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् । आज दिउँसो करिब ४ बजे सोही स्थानकी ४० वर्षीया बिमला चौधरी आफ्नै घरमा लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले घर खानतलासी गरेको थियो । तलासीको क्रममा चौधरीको घरपूर्व पट्टिको पुरानो इट्टा थुप्रोमा लुकाइछिपाई राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थ प्लास्टिकसहित २४२ ग्राम र प्लास्टिकबाहेक २३४ ग्राम गाँजा रहेको नापतौलबाट खुलेको हो । प्रहरीले उक्त गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका…
झापा, ९ असार । झापाको हात्ती समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको छ । झापाका हात्ती पीडित तथा सरोकारवालासँगको छलफलमा सरकारको त्यस्तो प्रतिबद्धता आएको हो । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माको संयोजनमा सम्पन्न छलफलमा सरकारका तर्फबाट वनमन्त्री ऐनबहादुर शाहीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । छलफलमा सांसद शर्माले १५ बुँदे पकार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सांसद शर्माको सचिवालयमा सम्पन्न छलफलमा वनमन्त्री शाही, छलफलमा बाहुडाँगी समाजका हिरा आचार्य, नवीन बराल, सन्तोष न्यौपाने, राजेन्द्र खनाल,मनबहादुर राई, मीन राई, गणेश बराल, दीलिप सोङमेन, नेपाली कांग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला लगायत सहभागी…
झापा, ९ असार । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा रु. २ अर्ब ९१ करोडबढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा विभिन्न शीर्षकमा २ अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८५ प्रतिशत हो । भद्रपुर कार्यालयलाई आन्तरिक राजस्व विभागले साउनदेखि जेठ मसान्तसम्ममा ३ अर्ब ४१ करोड ७ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । प्रमुख कर अधिकृत काफ्लेका अनुसार ११ महिनामा कार्यालयले आयकरतर्फ एक अर्ब २६ करोड ५२ लाख ५४ हजार, मूल्य…