
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ असार । झापामा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । हरदेवले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, ९ असार । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।दोस्रो नगरसभाको सातौं अधिवेशनको प्रथम बैठक सम्पन्न भएपछि आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नु भयो । नगर पूर्ण खोप सुनिश्चित भएसँगै दशवटै वडाका स्वास्थ्य संस्थाहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। साथै, २०८२ सालको लागि पनि खोप कार्यक्रमप्रति प्रतिबद्धता जनाउँदै नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख…
बिर्तामोड, ९ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ ।विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन अनुगमन…
इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–१ शान्तिपुरमा बसोबास गर्दै आएका ७२ अव्यवस्थित बसोबासी परिवारले धेरै वर्षपछि जग्गाधनी लालपुर्जा पाएका छन्। जग्गा धनी प्रमाण नपाएर भूमिहीनको हैसियतमा बस्दै आएका परिवारले लालपुर्जा पाएपछि स्थानीयवासीमा खुशीको लहर छाएको छ। स्थानिय दिलबहादुर सुब्बासहित लालपुर्जा प्राप्त गर्नेहरु निकै हर्षित देखिएका छन्। भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको हो। आयोगका इलाम अध्यक्ष प्रकाश अधिकारीका अनुसार पहिलो चरणमा ७२ जनालाई लालपुर्जा वितरण गरिएको हो भने बाँकी ७८ जनालाई क्रमशः नियमअनुसार वितरण गरिने तयारी छ। अधिकारीका अनुसार रोङ गाउँपालिकाबाट प्राप्त भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका १५० निवेदनमध्ये हालसम्मको निर्णयमा आधारित भएर…
बनियानी, ९ असार : झापाको बिर्तामोड नगरपालिका-८ मा जंगली हात्तीले तीन वटा घरमा क्षति पुर्याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएको ३-४ वटा जंगली हात्तीको समूहले स्थानीय तीन वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बासको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ। भाग्ने क्रममा सुफल मनि सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । त्यस्तै, सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब रू ५० हजार बराबरको क्षति भएको छ…
पुष्करराज बुढाथोकीभक्तपुर, ९ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानो ठिमीका परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको बताउनुभयो । असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ भन्दै परीक्षा नियन्त्रक डा. भट्टराईले यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले नरहेको बताउनुभयो । उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताउनुभयो । इन्ट्री लगायतका प्रोसेसिङको लागि ३५ दिन लाग्ने भए पनि त्यस अघि काम सम्पन्न गर्ने…
मुम्बई, ९ असार । सलमान खानको मस्तिष्कमा एनेयुरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलासा भएको छ। एनेयुरिज्म भनेको यस्तो अवस्था हो जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक पनि हुन सक्छ। कपिल शर्माको कार्यक्रममा सलमान खान आफैँले यो कुरा बताएका हुन्। सलमानले अझै पनि गम्भीर स्वास्थ्य अवस्थाबिच आफूले काम गरिरहेको बताए । ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ। करङ भाँचिएको छ। यी सबैका बाबजुद पनि, म काम गरिरहेको छु,’ उनले भने । एनडीटीभीको रिपोर्ट अनुसार, सलमानले पहिलो पटक २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोसनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूरेल्जियाको बारेमा कुरा गरेका थिए। यो एक…
एजेन्सी, ९ असार । सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन । चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ । डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा…
झापा, ९ असार । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको खेल बराबरीमा सकिएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा रियल म्याड्रिडले मेक्सिकन क्लब पाचुकालाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हात पारेको छ । रियलका लागि जुड बेलिङ्हम, अर्डा गुलेर र कप्तान फेडेरिको भाल्भेर्देले गोल गरे । पाचुकाका एलियास मोन्टिएलले एक गोल फर्काए । अहिले रियल म्याड्रिड २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समूह ‘जी’ को अर्को खेलमा म्यानचेस्टर सिटीले यूएईको अल…
इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १.०१.००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको…