
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भ्यानकुभर, १५ बैशाख । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो । भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए । यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पत्ता लागेको छ। रोयले यो घटनाको कारण स्पष्ट नभए…
झापा, १५ बैशाख । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित २४ जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइउने तयारी छ। उनीहरुलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो। उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको…
इलाम, १५ बैशाख । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने । इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताउनुभयो । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक…
पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति लु ३ च २३७७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पाल्पाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति १०ः१५ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ भने जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन् । घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी…
झापा, १५ बैशाख । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्याएको छ । वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम…
बाँके, १४ बैशाख । बाँके प्रहरीले सार्वजनिक स्थलमा गोली पड्काउने ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा नेपालगंज १ बस्ने ४० वर्षिय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ बस्ने ३० वर्षिय विशाल आउजी, नेपालगन्ज ४ बस्ने २१ वर्षिय अस्मित मल्ल र २० वर्षिय सौगात श्रेष्ठ रहेको बाँके प्रहरीले जनाएको छ । नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट वाहिर निस्केर साथमा बोकेको पेस्तोलवाट गोली पड्काई बा ४ च ३०७१ नं को कार चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भैरहेको नाईट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट पुनः…
झापा, १४ बैशाख । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । गर्मी लागेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको बताइन्छ ।
झापा, १४ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ आउँदै गरेको पैदल यात्री भद्रपुर–१० का ४३ वर्षीय सन्तोषकुमार काफ्ले र सोही स्थानका ३६ वर्षीय विजय राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६०० मिलिग्राम (प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम) फेला परेकोले उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
झापा, १४ बैशाख । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने प्रदर्शन हिंसात्मक बनेको थियो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको बताएका छन्। अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले कायरता देखाएको आरोप लगाएका छन्। ‘सरकारले देखाएको कायरताको भत्सर्ना गछौँ, आन्दोलन गरिरहेको समयमा शिक्षकहरुममाथि आक्रमण गरियो,’ उनले भने, ‘६२ जना घाइते हुनुहुन्छ , हामी अस्पतालमा नै छौँ।’ चैत्र २० गतेदेखि माईतिघरबाट सुरु हुँदै बिजुलीबजार पुलसम्म हुने शिक्षकहरुको प्रदर्शन शान्तपूर्ण…
झापा, १४ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाईघाटबाट विराटनगर आउँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको डल्फिन बस अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार मृत्यु भएका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ । घाइते हुनेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, सप्तकोशी नगरपालिका–१ का २६ वर्षीया चेतना भट्टराई, झापा ३ निवासी मनोज भट्टराई, अज्ञात ठेगानाका मिना भट्टराई,तत्काल नाम, ठेगाना नखुलेका अन्दाजी ७५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनलाई…