jhapaonline add

झापा, २ असार । झापाको मेचीनगरमा हात्ती लखेट्ने क्रममा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान मेचीनगर–१ दुर्जन चोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।८ सय मिटर टाढा रहेको आफ्नै बारीमा एक वटा जंगली हात्ति देखेर लखेटने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । उनलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोडमा राखिएको छ । बाहिरी चोट नदेखिए पनि उनी बोल्न नसक्नेगरी गम्भीर घाइते भएका छन् ।

Read More

नारायणगढ, २ असार । गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ । कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

कोकिला ढकालइलाम, २ असार । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ । सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार…

Read More

विराटनगर, २ असार । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १.०१.००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको…

Read More

बनियानी, २ असार । कचनकवल गाउँपालिका–२ का दृष्टिविहीन गंगाबहादुर राई यतिबेला मेलमिलापकर्ताको तालीम लिइरहनुभएको छ । उहाँले झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा सञ्चालित आठ दिने सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालीममा लिइरहनुभएको हो । तालीममा उहाँले देखाउनु भएको उत्साह, आत्मविश्वास र सक्रियताका कारण यतिबेला आकर्षण बन्नु भएको छ । उहाँ तालीमको सबैभन्दा बढी जिज्ञासु प्रशिक्षार्थी हुनुहुन्छ । “म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु”, उहाँले भन्नुभयो, “यो मेरो लागि जिम्मेवारी हो अनि समाजप्रति योगदान गर्ने सुनौलो अवसर पनि ।” पूर्ण दृष्टिविहीन गंगाबहादुर तालीममा सहभागी भएका एकमात्र अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । मेची बहुमुखी क्याम्पस भद्रपुरबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको…

Read More

झापा, २ असार । झापामा जेठ महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटबाट विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ४३ जना पुरुष, सात जना महिला र एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । विभिन्न मुद्दा शीर्षकमा फरार रही दोषी प्रमाणित भएका फरार प्रतिवादीहरु पक्राउ गरी आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल गर्न बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानका लागि झापा कारागार कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो । जरिवाना…

Read More

झापा, २ असार । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ । जलथलको चारकोशे जंगल क्षेत्रमा आइतबार पहेंलो रंगको कछुवा फेला परेको हो । जलथल जंगल अन्तरगत हल्दिबारी–४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा उक्त कछुवा फेला पार्नुभएको थियो । उक्त कछुवा स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो सौफ्टशेल कछुवा नेपालमा तराईका केही क्षेत्रमा करिब चार सय मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो । “यो कछुवाको ‘क्रोमेटिक…

Read More

झापा, २ असार । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र…

Read More

झापा, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु. १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित…

Read More

बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ । ५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३०…

Read More