
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काँकरभट्टिा, २८ फागुन । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए ।टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको…
झापा, २८ फागुन । झापा शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा सोही स्थानकी ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट भएको छ । बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त घरभित्र रहेको खाट, टेबल, खाद्यान्न, सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ हजार रुपैयाँसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिकाबाट लागुऔषध गाँजासहित आज एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–४ मनकामना टोलबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चन्द्र बस्नेतकनकाई, २८फागुन । झापाको कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबल प्रतियोगितामा काँकरभिट्टाको महिला फुटबल टिम फाइनलमा पुगेको छ। कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बुधबार आज भएको पहिलो सेमिफाइनलमा खेलमा काकरभिट्टाको महिलाफुटबल टिम बारर्दशीको महिला फुटबल टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो । खेलको म्यान अफ द म्याच विजेता काकरभिट्टा टिमको जर्सी न ९ कि खेलाडी रितिका थापा घोषित भएसँगै उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । भोलि २८ गते बिहीबारको दोस्रो…
माइधार, २८ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ । शिवसताक्षी–१० माइधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउण्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार पीडित बनेको हो । थपलिया परिवारले न्यायका लागि सम्बन्धीत पक्षसँग आग्रह गरेको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल नबाउन र भोगचलन नगर्न पत्र पठाएपछि थपलिया परिवार पीडित बनेको छ । २०२५ सालमा फडानी गरेर ०३२ सालदेखि घर धुरीकर तिर्दै आएको र सो भोतभोग गर्दै आएको जग्गामा नगरले निर्माण कार्य रोक लगाएको थपलियाकी छोरी हरिमाया थपलियाले बताइन् । २ कठ्ठा १७ धुर जग्गा आफूहरुले…
झापा, २८ फागुन । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती,…
दमक, २८ फागुन । झापाको दमकबाट प्रतिबन्धित औषधिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका दमक नगरपालिका–६ अनामटोलस्थितमा प्रतिबन्धित औषधीहरु बेचबिखन गर्ने उद्देश्यले राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका बलबहादुर थापाको घरमा कोठा भाडा लिई बस्दै आएका दमक–५ का ३२ वर्षीय सुरज गुरुङको कोठामा उनीसहित सोही स्थानका १८ वर्षीय अंकितबहादुर थापा मगर र दमक–४ का छितिज फागोलाई पक्राउ गरेको हो । उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा उक्त कोठाभित्र रहेको स्टिलको दराजको सेफ बक्समा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको २६ पत्ता (२६० क्याप्सुल)…
झापा, २८ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ विसम्भरपुर गाउँकी १७ वर्षीया किशोरीलाई एक समूहले विभिन्न प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको छ । राप्ती सोनारी–७ स्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया किशोरीका आमाबुवालाई ‘तिम्रो छोरीलाई फाइदा हुने काम छ’ भन्दै प्रलोभन देखाएर भारतमा बेच्ने प्रयास गरेको खुलेको हो । आफूहरूलाई झुक्याएर प्रलोभनमा पारी आफ्नै गाउँका दुई जनासहित तीन जनाले छोरीलाई बेचेर करोडौँ रुपैयाँ कमाउने मनसाय राखेर अमानवीय कार्य गरेको भन्दै किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा किटानी जाहेरी दर्ता गराएका छन् । पीडित किशोरीकी आमाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फागुन २४ गते तीन…
बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट तीन जनाले मात्र मनोनयन दर्ता गराएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघसँग गठबन्धन गर्ने प्रयास अन्तिम समयमा विफल भएपछि तीन जनाले मात्र मनोनयन दर्ता गराएका हुन् । प्रत्यक्षतर्फ अनेरास्ववियुका किशोर खत्रीले कोषाध्यक्ष र सलिसा श्रेष्ठले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् भने समानुपातिक तर्फ ओशीन तामाङले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा नविन पौडेल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा जानकी भट्टराई, सदस्यहरु टिकाराम दर्जी, नवराज…
बिर्तामोड, २७ फागुन । विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी दर्ता गरेको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पश्चात विवाद समाधान गर्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।