
झापा, २८ फागुन । झापा शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा सोही स्थानकी ९० वर्षीया धनमाया राईको घर जलेर नष्ट भएको छ ।
बासको बेरा टिनको छानोले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज दिउँसो घरको छेउमा सुंगुरको चारो पकाउन बालेको आगोबाट अचानक आगलागी हुँदा उक्त घरभित्र रहेको खाट, टेबल, खाद्यान्न, सामान, लत्ता कपडा, कागजपत्र र नगद १३ हजार रुपैयाँसहित घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
Facebook Comments Box
