
कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिकाबाट लागुऔषध गाँजासहित आज एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कनकाई–४ मनकामना टोलबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box
