दमक, २८ फागुन । झापाको दमकबाट प्रतिबन्धित औषधिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार बेलुका दमक नगरपालिका–६ अनामटोलस्थितमा प्रतिबन्धित औषधीहरु बेचबिखन गर्ने उद्देश्यले राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका बलबहादुर थापाको घरमा कोठा भाडा लिई बस्दै आएका दमक–५ का ३२ वर्षीय सुरज गुरुङको कोठामा उनीसहित सोही स्थानका १८ वर्षीय अंकितबहादुर थापा मगर र दमक–४ का छितिज फागोलाई पक्राउ गरेको हो ।
उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा उक्त कोठाभित्र रहेको स्टिलको दराजको सेफ बक्समा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको २६ पत्ता (२६० क्याप्सुल) र SPASPAIN ३५ पत्ता (३५० चक्की) फेला पारी बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


