
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ असार । झापाको कनकाई नगरपालिकाको स्वामित्वमा रहेको सरकारी मोटरसाइकल चोरी गरी सोही मोटरसाइकल प्रयोग गरेर लागूऔषध कारोबार गरिएको खुलासा भएको छ। प्रहरीले चोरीको सरकारी मोटरसाइकलमा ब्राउन सुगर बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा शंकास्पद अवस्थामा रहेको मे १ ब ३१८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदी र शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगेन्द्र दर्जी रहेका छन्। टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा…
बुद्धशान्ति–१ मा संघ–प्रदेशको ३ करोड ७८ लाखको २८ योजनाः कृषि, सिँचाइ, खानेपानी र तटबन्ध प्राथमिकतामा
झापा, ५ असार । विकास निर्माणका योजना धेरै भित्र्याउने र प्रभावकारी कार्यान्वयन गर्ने वडाका रूपमा परिचित बुद्धशान्ति गाउँपालिका–१ ले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि पनि संघ र प्रदेश सरकारबाट उल्लेख्य संख्यामा योजना ल्याउन सफल भएको छ। वडामा आगामी वर्षका लागि २८ वटा योजना स्वीकृत भएका छन्, जसका लागि कुल ३ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडाध्यक्ष अनिल वाग्लेका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा पनि दुई दर्जनभन्दा बढी योजना वडामा परेका थिए भने आर्थिक वर्ष २०८१र८२ मा ३० भन्दा बढी योजना कार्यान्वयनमा ल्याइएका थिए। यसले बुद्धशान्ति–१ विकास योजनाको आकर्षक केन्द्रका रूपमा स्थापित भएको देखिन्छ। चालु आर्थिक…
झापा, ५ असार । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१ त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकोमा…
झापा, ५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव स्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ । सबै सरोकारवाला पक्षलाई समेटेर बनाइएको उक्त सात सदस्यीय कार्यदलमा संयोजक राईसहित…
झापा, ५ असार । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । आज बिहान ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए । घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। उनको पेटमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ । घटना लगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा गई हाम्फालेका थिए । हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल…
झापा, ५ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ । मन्त्रालयले सातै प्रदेश र स्थानीय तहलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो । मन्त्रालयका अनुसार देशभर कानुन विपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याइएको हो । कार्ययोजनाअनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली ९कोपोमिस०मा आबद्ध गराइनेछ । त्यस्तै सहकारी ऐनअनुसार संस्थाको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइनेछ । मन्त्रालयले दुई वर्षभन्दा…
झापा, ५ असार । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षण नगरी २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको खुलासा भएपछि नेपालगन्जमा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरमा निगरानीका क्रममा अनियमितता फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित…
झापा, ५ असार । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको…
झापा, ५ असार । झापा उद्योग वाणिज्य संघले भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)–का कारण बैशाखको सुरुदेखि नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र महासचिव सुमन मैनालीको संयुक्त हस्ताक्षरबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपालको प्रमुख निर्यातजन्य कृषिवस्तुमध्ये एक चियामा गुणस्तर परीक्षणको नाममा भारतीय पक्षबाट चिया आयातमा थप अवरोध सिर्जना हुँदा नेपाली चिया उद्योग, निर्यात व्यवसायी, किसान तथा मजदूरहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्, विशेष गरी चियाको उत्पादन तथा प्रशोधनको मुख्य सिजन सुरुभइसकेको अवस्थामा तयारी चिया निर्यात अवरुद्ध हुनु अत्यन्त चिन्ताको विषय हो ।’ संघले नेपाल चिया…
भद्रपुर, ५ असार । झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगर क्षेत्रका ९ वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रम जेठ २५ गते हिमाली माध्यमिक विद्यालयबाट शुभारम्भ भई असार ३ गते पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । नौ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ६२४ जना अभिभावकको सहभागिता रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रमका सहजकर्ता इलामका शैक्षिक प्रशिक्षक पूर्णप्रसाद गौतम रहनुभएको थियो । नगर क्षेत्रका ८ वटा विद्यालयमा नगरप्रमुख गणेश पोखरेलले अभिभावकँसग अन्तरक्रिया समेत गर्नुभएको थियो…