jhapaonline add

दमक, २८ बैशाख । ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी जनाएको छ । जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो…

Read More

पाँचथर, २८ बैशाख । पाँचथरको मिक्लाजुङ गाँउपालिका ६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । वैशाख २७ गते मिक्लाजुङ गाँउपालिका ७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया तथा घटनाको थप अनुसन्धान गरीरहेको छ ।

Read More

झापा, २८ बैशाख । झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान शुरु गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम…

Read More

कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी ३५ वर्षीय कविराज हेमरनले शनिबार राति ११ः२० बजेको समयमा श्रीमती पूजा हेमरमको हत्या गरेका हुन् । झै–झगडा गरी आफु सुत्ने कोठामा धारीलो हतियार खुकरीले घाटीमा प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । खोजतलाशको क्रममा कविराज हेमरनलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । घटना स्थाल सुरक्षित राखिएको, खुकुरी घटना स्थलवाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट भइरहेको छ ।

Read More

गाईघाट, २८ बैशाख । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रदेश २–०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यहाँको त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८…

Read More

झापा, २८ बैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ। धारणा सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

झापा, २८ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

कावासोती, २७ बैशाख । कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

Read More

झापा, २७ बैशाख । वैदेशिक रोजगारी व्यवसायी महासंघ झापाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आगामी नेतृत्वका लागि अध्यक्ष पदमा धनबहादुर पन्धाक निर्विरोध भए पनि अन्य पदका लागि आज मतदान भएको थियो । कूल १०७ मतमध्ये १०३ मत खसेको निर्वाचन समितिले जनाएको छ । ऐतिहासिक प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संघको अधिवेशन बैशाख २५ गतेदेखि शुरु भएको थियो । सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सम्भव नभएपछि निर्वाचन भएको हो । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको संघ गत २०८१ साउन २ गते विधिवत रुपमा संस्था दर्ता भएको संघका अध्यक्ष पन्धाकले बताउनुभयो…

Read More

झापा, २७ बैशाख । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुवै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भन्नुभयो, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी…

Read More