पाँचथर, २८ बैशाख । पाँचथरको मिक्लाजुङ गाँउपालिका ६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।
वैशाख २७ गते मिक्लाजुङ गाँउपालिका ७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया तथा घटनाको थप अनुसन्धान गरीरहेको छ ।
Facebook Comments Box


