jhapaonline add

झापा, २५ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत नेपालको मौसमी प्रणालीमा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेको छ । मुलुकका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका बाँकी भूभागमा मौसम भने सफा रहनेछ । आज राति पनि देशका पहाडी भूभागको मौस आंशिक बदली रहने छ।…

Read More

नकुल काजीमौजूदा संविधानमा हाम्रो लोकतन्त्रलाई जस्तोसुकै बुट्टे शब्दावलीले चिटिक्क सिँगारेर लोक–अपेक्षाको अनुकूल शासकीय शैली अख्तियार गरिने स्वरूप र प्रतिबद्धता अंकित भए पनि गणतन्त्रोत्तर, शासक–मण्डलमा पुगेकाहरू र सो हैसियतमा उभिने उपाय (?)–को नकारात्मक गतिविधिमा अहोरात्र कस्सिइरहेकाहरू बाहेक, देशको कुनै पनि कित्ताका जनताले त्यो अनुरुप सुखद अनुभूति पाइरहेका बुझिँदैन । समग्रतामा नागरिकले जे ‘हुनुपर्छ’ वा ‘हुनु हुँदैन’ भन्छन्, शासकमा रूपान्तरिक भएपछि जुनसुकै दलका नेताले त्यही–त्यही चाहिँ लादिरहेका छन् ! प्रथमतः देशले ओैपचारिक रूपमा गणतान्त्रिक प्रणाली स्वीकारे यताको अवधिमा मात्र होइन, २०४७ सालको परिवर्तनपछिको कालदेखि नै दलहरूले स्वयम् आफैभित्रको प्रजातन्त्र वा लोकतन्त्रको तेजोबध गर्दै प्रमुख नेताको अधिनायकत्व लाद्ने दुष्कर्म गर्दै आएका छन् ।…

Read More

झापा, २५ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषध ब्राउनसुरगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति १०ः३० बजेको समयमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । सो स्थानमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीले राजवंशीले घर बाहिर दाउरा राख्ने कटरामा लुकाएर राखेको ब्राउनसुगर प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम र ९ वटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँ बरामद गरेको थियो । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

राजेश ढुंगाना२००७ सालको जनक्रान्ति पश्चात् हालसम्म नै मुलुकको प्रथम राजनीतिक शक्ति रहेको नेपाली कांग्रेसले यतिबेला आफ्नै नेतृत्वको असक्षमता र नियतका कारणले सान्दर्भिकता नै समेत गुमाउँदै जाने खतरामा पुगेको छ । यति बेला एक कांग्रेस आफ्नै आदर्श र विचारबाट च्यूत मात्र भएको छैन, संगठनात्मक रुपले समेत ध्वस्त भएको देखिन्छ । नेतृत्वमा राष्ट्र कसरी बनाउने भन्ने भिजन त देखिएन, देखिएन । मात्र पार्टी नै समेत कसरी चलाउनु पर्छ भन्ने न्यूनतम सोचको पनि अभाव रह्यो । भातृ संगठनहरूका अधिवेशन हुन सकेको छैन अथवा आफ्नो प्रतिकूल हुने आशंकामा नेतृत्वले नियतवश नै गराएको छैन । यसरी सैद्धान्तिक, वैचारिक र संगठनात्मक तीन वटै हिसाबले कांग्रेस छिन्नभिन्न…

Read More

काँकरभिट्टा, २४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको गस्ती टोलीले मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा ठूलो परिमाणको अवैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आज काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ्ग उर्लाबारी नपा ८ बस्ने बर्ष ३८ को डम्बर बहादुर कार्कीको साथ बाट रु ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ (विनीमय दर अनुसार नेपाली रू २३ लाख ९९ हजार ५२० बराबर) बरामद गरेको हो । बरामद नगदसहित उनलाई आवश्यक कानूनी कारबाहीका लागि आन्तरिक…

Read More

खोटाङ, २४ बैशाख । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उनले भने,“हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।” गाउँपालिकाको कार्यालय खोटेहाङले वडा…

Read More

बिर्तामोड, २४ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको हो । योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज शिलान्यास गर्नु भयो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्धन गरिने भएको जनाईएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अहिले २ अर्बभन्दा बढिका योजनाहरु सञ्चालन भईरहेको बताउनु भयो । उहाँले बुट्टाबारी-प्याकुरेल चोक…

Read More

सरोज भट्टराईशिवसताक्षी, २४ बैशाख । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१÷ ०८२को बजेटबाट कृषि उत्पादन बढाउन १३ सय जनालाई मकैको वीउ वितरण गरेको छ । कृषकलाई चालु आ.व.को ३ लाख बराबरको मकैको वीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ। त्यस्तै शिवसताक्षी १० का कृषकलाई उत्पादन मुखी बनाउने कार्यक्रम अन्तर्गत वडाले ११ जना कृषकलाई सिचाईको लागि ३ इन्चको पानी तान्ने मोटर वितरण गरेको छ । कृषकको २५ प्रतिशत लागत सहभागितामा मोटर वितरण गरेको वडाध्यक्ष हर्क सिगुले बताए । वडाध्यक्ष सिगुका अनुसार वडाले अग्र्यानिक सब्जी खेतीतर्फ कृषकलाई आकर्षण…

Read More

शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्बन्धी एक दिवसीय अभिमूखीकरण गरिएको छ । बर्षात्को मौसम नजिँकदै गर्दा डेंगुको सक्रमण बढ्ने भएकाले नगरको स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय अभिमूखिकरण गरिएको हो । नगरका स्वास्थ्य कर्मी, वडाका जनप्रतिनिधी र सरोकारवाला निकायहरुलाई उपस्थित गराई डेंगुको प्रकोप, रोकथापन र डेंगु रोगबाट बच्चका लागि के कस्ता उपाय अपनाउनु पर्ने भन्ने विषयमा अभिमूखिकरण गराइएको नगरका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । अभिमूखिकरणमा नगर प्रमुख मेगाहाङ्ग थोप्राले डेंगु रोकथाम र न्यूनिकरणका लागि नगर सबै स्वास्थ्यकर्मी, रेडक्रस, स्काउटरका विद्यार्थी र सरोकार वाला निकायहरुलाई परिचालन गरिने बताए । उनले शिवसताक्षी नगरपालिका पहिलेको भन्दा रोगकको संक्रमण…

Read More

झापा, २४ बैशाख । झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो । झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको हो । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले…

Read More