झापा, २५ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषध ब्राउनसुरगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति १०ः३० बजेको समयमा अर्जुनधारा–८ का ३२ वर्षीय अर्जुन राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । सो स्थानमा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीले राजवंशीले घर बाहिर दाउरा राख्ने कटरामा लुकाएर राखेको ब्राउनसुगर प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम र ९ वटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँ बरामद गरेको थियो ।
लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


