काँकरभिट्टा, २४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको गस्ती टोलीले मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा ठूलो परिमाणको अवैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
आज काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ्ग उर्लाबारी नपा ८ बस्ने बर्ष ३८ को डम्बर बहादुर कार्कीको साथ बाट रु ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ (विनीमय दर अनुसार नेपाली रू २३ लाख ९९ हजार ५२० बराबर) बरामद गरेको हो ।
बरामद नगदसहित उनलाई आवश्यक कानूनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक समुन पोख्रेलले दिनुभयो ।


