jhapaonline add

भद्रपुर, २४ फागुन । झापाको भद्रपुर नगरपालिकामा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका भद्रपुर नगरपालिकाको आयोजना तथा नगरका विभिन्न संघसंस्थाहरुको समन्वयमा आज विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको हो । नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख पोखरेलले महिलाहरुको हक अधिकार स्थापित गर्न सरकारले विभिन्न ऐन कानून ल्याएको बताउनुभयो । महिला दिवसको शुभकामना दिनुहुँदै उहाँले महिला अधिकार स्थापित गर्न सबै भूमिका महत्वपूर्ण हुने बताउनुभयो । त्यस्तै, उप्रमुख राधा कार्कीले नगरपालिकाले महिलाको…

Read More

चन्द्र बस्नेत कनकाई, २४ फागुन । झापाको कनकाईमा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरका नौ वटै वडामा विविधि कार्यक्रमको आयोजना गरी रचनात्मक तवरले दिवस मनाइएको हो । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका कनकाईका सबै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । आज कनकाईको वडा नं. १ देखि ८ सम्म छुट्टाछुट्टै स्थानमा विविधि कार्यक्रम गरिएको छ भने ९ नम्बर वडामा शुक्रबार दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । नगरपालिकाको सभाहलमा भएको वडा नं. १ को कार्यक्रममा विविध प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसहित छुट्टाछुट्टै ५ विधाका ५ जना महिलालाई…

Read More

शिवसताक्षी, २४ फागुन । धनञ्जय ऋषिकुल रिजाल वंश सेवा कन्द्रिय समितिले आज रिजाल वंशावली पुस्तक लोकार्पण गरेको छ । झापाको कोटिहोममा संस्थाको १४ औं वार्षिक साधारण सभा पारेर रिजाल वंशज सेवा केन्द्रिय समितिले पुस्तकको लोकार्पण गरेको हो । वि.सं. २०२६ सालदेखि वंशावली पुस्तक प्रकाशन गर्दा काम सुरु गरेको समितिले ४२ बर्षको मेहनतपछि रिजाल बंशज पुस्तक प्रकाशन गरी बिमोचन गरेको छ । समितिले आज (शनिवार) कनकाई माई धार्मिक स्थलस्थित रिजाल बन्धुहरुको भवनमा पुस्तक बिमोचनसँगै धनञ्जय ऋषिकुल रिजाल वंशज सेवा केन्द्रिय समितिको १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिमोचन गरिएको रिजाल बंशज पुस्तकमा अमेरिका, अस्ट्रेलिया, जापान, थाइल्याण्ड, भारत, भूटान, बर्मा…

Read More

विर्तामोड २४ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाहिर रहने (प्रतिपक्षी) दलले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा बिर्तामोडमा आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राख्नुभएको हो । ‘नेपाली कांग्रेसका लागि भोलीको मुख्य प्रतिष्पर्धी शक्ति एमाले हो’–नेता कोइरालाले भन्नुभयो–‘कांग्रेस सरकारको सहयोगी मात्रै हो । कांग्रेस सत्तामा छ, सरकारमा छैन । सत्ता बाहिर रहनेले गुण र दोषका आधारमा खबरदारी गरिरहनुपर्छ ।’ नेपालमा विकास र समृद्धिका प्रसस्त सम्भावना रहेको चर्चा गर्दै…

Read More

इलाम, २५ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुदैछ । क्लब ओए सीस इलामको आयोजनामा ठुलो टुँडिखेलमा दुई टिम भिड्दै छन् । आर्मीले सेमिफाइनलमा आयोजक ओए सीस क्लब इलामलाई पराजित गर्दै उपाधि होडमा उभिएको हो भने एपीएफले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि मैदान उत्रँदै छ । आर्मीलेले ओएसिसलाई २(० गोलले पाखा लगाएको थियो भने एपीएफले पुलिस सँग १(० को कठिन जीत निकालेको थियो । एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा १० खेलाडी एक साथ खेल्दै छन् । आर्मीले पनि…

Read More

रौतहट, २५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ । उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट पार्नुभयो । आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।” अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताउनुभयो । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि…

Read More

कनकाई, २५ फागुन । सरस्वती वडा बाल सञ्जालले शुक्रबार ‘सुनिश्चित बालमैत्री बानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार’ नारामा प्यानल छलफलसहित बाल सञ्जाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ । वडा बाल सञ्जालका अध्यक्ष तथा कनकाई नगर बाल सञ्जालका सचिव रिजन तिम्सिनाको अध्यक्षतामा तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुपोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाहरुले बालमैत्री , बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा् समेत राखेका थिए । कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, बालमैत्री सम्पर्क ब्यक्ती जमुना कट्वाल, ७ नम्बर वडा भित्रको फक्तालुङ एजुकेसन फाउन्डेसन प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ, भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्याय…

Read More

झापा, २४ फागुन । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्। विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक…

Read More

मेष : लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् पारिवारिक सद्भाव बढ्नेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। वृष : घरायसी कार्य अगाडि बढ्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ। कतै भ्रमणको योजना पनि बन्नेछ। वैदेशिक लगानी त्यति भरपर्दो रहन्न। मिथुन : दैनिक काम अगाडि बढ्नेछन्। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। कर्कट : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। अधिकार प्राप्तिका…

Read More

झापा, २४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३…

Read More