कनकाई, २५ फागुन । सरस्वती वडा बाल सञ्जालले शुक्रबार ‘सुनिश्चित बालमैत्री बानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार’ नारामा प्यानल छलफलसहित बाल सञ्जाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।
वडा बाल सञ्जालका अध्यक्ष तथा कनकाई नगर बाल सञ्जालका सचिव रिजन तिम्सिनाको अध्यक्षतामा तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुपोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाहरुले बालमैत्री , बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा् समेत राखेका थिए ।
कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, बालमैत्री सम्पर्क ब्यक्ती जमुना कट्वाल, ७ नम्बर वडा भित्रको फक्तालुङ एजुकेसन फाउन्डेसन प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ, भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्याय लगायतले बालाबालिकाहरुले राखेको जिज्ञासाको जबाफ दिनुभएको थियोे ।
अध्यक्ष तिम्सिनाले बालमैत्री स्थानीय शासनको क्रममा वडा बाल संजाल मार्फत भएका कार्यहरु जानकारी गराउदै यस समिती कनकाई नगरपालिका कै उत्कृष्ट बाल संजालकोरुपमा सम्मानित भएको कुरा सुनाउनुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि आङ्थोपोले रिजन तिम्सिनाको अध्यक्षतामा गठित समितीले निकै उत्साहित पुर्वक कार्यक्रम संचालन गर्दै क्रियाशिलरुपमा कार्य गरेर ७ नम्बर वडा बाल संजाल पहिलो पटक नगर कै उत्कृष्ट हुन सफल भएको बताउदै वर्तमान समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तैगरी पुनर्गठन कार्यक्रम मार्फत अम्बिका गोस्वामीको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ जसमा उपाध्यक्षमा निरज सुवेदी, सचिवमा विकास महत्तरा , सहसचिबमा आयुशा बस्नेत, कोषाध्यक्षमा सिखा सेन्चुरी त्यस्तै सदस्यमा क्रमश दिपमला लामिछाने, आरोही पोखरेल, बिकिशा प्रधान, प्रतिज घिमिरे, कुसुम घिमिरे र स्वोस्तिका ढकाल चयन भएका छ्न।
कार्यक्रममा फक्तालुङ विद्यालय बालक्ल्ब का शिक्षक संरक्षक तारा उप्रेती , दुर्गापुर बजार ब्यबस्थापन समिती प्रतिनिधि, विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधि, बाल संजाल सस्थापक अध्यक्ष अर्जुन चौधरी तथा कनकाई वडा न ७ का १सय ५० बढी बालबालिकाको सहभागी रहेको थियो । दिपमला लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अम्बिका गोस्वामीले गर्नुभएको थियो ।


