
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, २२ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले १५ औं नगर सभा सम्पन्न गरेको छ । आज नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता एन नगर सभाले प्रथम संशोधन विधेयक २०८१ स्वीकृत गरेको हो । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्गले नगर सभालाई सम्बोधन गर्दै स्थानीय तहको खुम्चिएको अर्थतन्त्रलाई चलायमान बनाएर नगरको समग्र विकासका लागि काम गर्नु पर्ने चुनौति रहेको बताए । शिवसताक्षी नगरपालिकाको शिवगञ्ज निर्माण गरिएको नगर अस्पतालन सञ्चालन लागि परेका छौ । प्रदेश सरकार र केन्द्रिय सरकारसँग बजेटका लागि माग गरिएको छ। नगर प्रमुख थोप्राले…
झापा, २२ फागुन । झापा जिल्लाको कचनकवल गाउँपालिकाका युवा अभिनास मोहलीले आफ्नो जन्मदिनलाई समाजोपयोगी बनाउँदै उदाहरणीय कार्य गरेका छन् । मोहली र लजु लिम्बूको सक्रिय पहलमा कचनकवल गाउँपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत पर्ने क्षेत्रहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको छ। बिहीबार बिहानैदेखि पुरानो बजारदेखि विद्यापाणी माविसम्मका तीन विद्यालय—पथरिया मावि, ब्लुबेल्स, र विद्यापाणी मावि—अगाडि जेब्रा क्रसिङ निर्माण गरिएको छ। साथै, विभिन्न स्थानहरूमा ट्राफिक संकेत चिन्ह तथा होर्डिङ बोर्डहरू जडान गरिएको छ, जसले चालकहरूलाई गति सीमा, संकेत चिन्ह तथा ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको…
बिर्तामोड, २२ फागुन । फुटबल खेलाडीको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण पक्ष यतिबेला पूर्वी नेपालमा चलचित्रको प्रमोशनमा छ । झापाको बिर्तामोडमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निर्माण पक्षले चलचित्रबारे जानकारी दिएको छ । मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला संघर्ष गाथालाई आमनागरिकमा पुर्याउने सोचले चलचित्र निर्माण गरिएको चलचित्रका निर्देशक मिलन चाम्सले बताउनुभयो । “मान्छे मरेपछि होइन, जिउँदे हुँदै उसको संघर्ष र सफलतालाई सबैले थाहा पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसले सम्बन्धित मान्छेलाई प्रोत्साहन हुन्छ, समाजले उसको योगदानलाई चिन्ने अवसर पाउँछ ।” चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीलाई प्रोत्साहन गर्नका लागि चलचित्र निर्माण गरिएको बताउनुहुन्छ ।…
झापा, ८ फागुन । झापा जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवम् कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३ ̶१ गोलको अन्तरले भद्रपुर नगरपालिकाले उपाधि चुमेको हो । उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद १ लाख १५ हजार, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको गौरीगञ्ज गाउँपालिकाले नगद ६१ हजार पाएको छ । “खेल मार्फत राष्ट्रविकासको अभियान” भन्ने नाराका साथ माघ २५ गतेबाट सुरु भएको प्रतियोगितामा फाइनल खेलमा पहिलो गोल कर्ता भद्रपुरका खेलाडी परदेशी टुडु म्यान अफ द म्याच बन्दै नगद २ हजार…
झापा, ८ फागुन । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप महानगरपालिका–४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई कोशी गाउँपालिका–१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप नगरपालिका ३ का ३१ वर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन । यसैगरी, फागुन ७ गते राति गोप्य सूचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको…
झापा, ८ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शङ्कास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राती नै गरिएको छ । उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्त्येष्टि गरिए पनि उनको अन्त्येष्टिमा सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो । भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरीर भैरहवा आई पुगेको थियो । उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धाञ्जली…
झापा, ८ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्याउने योजनामा छ। नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ। लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ।
झापा, ८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। बुधबार पनि यसको विनिमय दर यत्ति नै थियो। युरोको भने केही घटेर आज १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। बुधबार भने युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा…
झापा, ८ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी…
झापा, ७ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापतिसमेत रहनुभएको उनको बुधबार ५६ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।