झापा, ८ फागुन । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप महानगरपालिका–४ का २७ वर्षीय सुरजकुमार ठाकुरलाई कोशी गाउँपालिका–१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप नगरपालिका ३ का ३१ वर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन ।
यसैगरी, फागुन ७ गते राति गोप्य सूचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका १ का २० वर्षीय इव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।


