jhapaonline add

भद्रपुर, ८ साउन । जिल्लाभर गत आर्थिक वर्ष २०८२–८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् । उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०, वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र जौ…

Read More

झापा, ८ साउन । भारतबाट भन्सार छलि अवैध रूपमा नेपाल भित्र्याइएको रहु जातको माछा झापाको काँकडभिट्टाबाट बरामद गरी नष्ट गरिएको छ । प्रहरीका अनुसार बिहीबार साँझ मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा ८३ केजी रहु जातको माछा बरामद गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक यादव पोखरेलको नेतृत्वमा ९ जना तथा प्रहरी सहायक निरीक्षक बमबहादुर नेपालीको नेतृत्वमा ९ जना गरी १८ सदस्यीय संयुक्त टोलीले उक्त माछा बरामद गरेको जनाएको छ । बरामद गरिएको माछाको अनुमानित मूल्य रु २४ हजार ९०० रहेको प्रहरीले जनाएको…

Read More

भद्रपुर, ८ साउन । झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित्र लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले लागुऔषधसहित दम्पती र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ भने शिशुलाई पनि उनीहरूसँगै उद्धार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहीबार साँझ भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई रोक्दै जाँच गरिएको थियो। वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी वरिष्ठ सहायक निरीक्षक निर्मल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शंकाका आधारमा यात्रुको खानतलासी गरेको थियो। खानतलासीका क्रममा अटो चालक ३० वर्षीय मोहित आलमका दुई महिनाका छोरा सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकमा बेरिएको ब्राउन सुगर…

Read More

झापा, ८ साउन । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र हिलोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्म नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर हरेक दिन बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी…

Read More

झापा, ८ साउन । झापामा सात लाख ६१ हजार‌ चार‌ सय ३२ मे‌ट्रिक टन खाद्यान्न उत्पादन भएको‌ छ  । आर्थिक वर्ष २०८२÷०८३ मा बखेर्‌ धान, चै‌ते‌ धान, मकै‌, को‌दो‌, फापर‌, गहुँ र‌ जौ‌ गर‌ी छ प्रकार‌का सात लाख ६१ हजार‌ चार‌ सय ३२ दशमलव ७८ मे‌ट्रिक टन खाद्यान्न भएको‌ कृषि ज्ञान के‌न्द्र झापाका प्रमुख सागर‌ बिष्टले‌ जानकार‌ी दिनुभयो‌ । सो‌ अवधिमा चै‌ते‌ धान ८९ हजार‌ छ सय ५५.३ मे‌ट्रिक टन, बखेर्‌ धान तीन लाख ७७ हजार‌ पाँच सय ३४.३५ मे‌ट्रिक टन, मकै‌ दुई लाख ८३ हजार‌ एक सय ८७.८८ मे‌ट्रिक टन, को‌दो‌ आठ सय ६९.४७ मे‌ट्रिक टन उत्पादन भएको‌ छ । त्यस्तै‌,…

Read More

झापा, ८ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदरमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५४.२२ र बिक्रीदर रु १५४.८२ कायम गरिएको छ। बिहीबार डलरको खरिददर रु १५४.२१ र बिक्रीदर रु १५४.८१ थियो। यसअघि गत जेठ ७ गते अमेरिकी डलरको खरिददर रु १५४.६२ र बिक्रीदर रु १५५.२२ पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो। त्यसैगरी, आज युरो एकको खरिददर रु १७६.०० र बिक्रीदर रु १७६.६९ निर्धारण गरिएको छ। बिहीबार यसको खरिददर रु १७५.८१ र बिक्रीदर रु १७६.५६ थियो। पाउन्ड स्टर्लिङ एकको…

Read More

झापा, ८ साउन । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सात वटा मुद्दा दायर गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमाथि करिब रु १ खर्ब १८ अर्ब ५ करोड बराबरको बिगो दाबी गरिएको विभागले जनाएको छ। विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ समितिमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान प्रक्रिया अघि बढाइन्छ। अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा चार वटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा…

Read More

झापा, ८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी…

Read More

बिर्तामोड, ७ साउन । जनपक्षीय पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) लाई यस वर्षको ‘देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा कोशी प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले तिम्सिनालाई नगद ४२ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे। सोही अवसरमा स्वर्गीय देवकुमार आचार्य (डि. कौडिन्य) की धर्मपत्नी यमुना आचार्य तथा पुरस्कृत पत्रकार तिम्सिनाकी धर्मपत्नी सुनिता खरेल तिम्सिना लाई पनि सम्मान गरिएको थियो। २०५८ सालको संकटकालमा क्याम्पसबाट प्रकाशित ‘क्रान्तिकारी आवाज’ भित्तेपत्रिकाबाट पत्रकारिता यात्रा सुरु गरेका…

Read More

तपाईँको भान्छामा आलुको परिकार कत्तिको बन्ने गर्छ ? अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ ? यदि खुवाउनु भएको छैन भने अव खुवाउने गर्नुस् । एक सोधपत्रका अनुसार १ देखी ३ बर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले आपूर्ती गर्छ । बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ । उनले बच्चाहरुले…

Read More