
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
हल्दिबारी, २ फागुन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले बिहीबार एक कार्यक्रमका बीच उपभोक्तालाई सहुलियतमा विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ । समूहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्तालाई सामुदायिक विद्युत उपभोक्ता महासंघसँगको सहकार्यमा उपभोक्तासँग ८ सय रुपैयाँ संकलन गरी वन समूहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मूल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो । ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ। चुलो परीक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका चुलो भएकाले सुरक्षित रहेको बताइएको छ। २ हजार वाट तापशक्ति रहेको…
झापा, २ फागुन । आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् । तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ । दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक…
झापा, १ फागुन । झापाका आपराध हुने सम्भावित क्षेत्रमा कुकुर परिचालन गरी अनुसन्धान गरिएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानबाट खटिएका रेञ्जर र पिंकु नामक तालिम प्राप्त कुकरसहितको टोलीले झापामा बढी अपराध हुन सक्ने आंकलन गरिएका स्थानहरुमा कुकुर परिचालन गरी अनुसन्धान गरिएको हो । झापाको दमक नगरपालिका वडा–५ गोर्खा डिपार्टमेन्ट एरिया, दमक–६ को बसपार्क, दमक–७ को एरियाहरु हुँदै बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्टेन्ट, बिर्तामोड–६ गिरिबन्धु टि–स्टेटको एरिया र मेचीनगर नगरपालिका–६ बसपार्क, मेचीनगरस्थित मेची पुलको एरियाहरु क्लियर गरी समाप्त भएको थियो । यो कार्यबाट झापा जिल्लामा विभिन्न अपराधिक गतिविधिहरु, लागुऔषध ओसारपसार, विष्फोटक पदार्थ तथा बोर्डर एरियामा हुन…
कनकाई, १ फागुन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माविको ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । आज बिहीबार विद्यालय परिसरमा उत्कृष्ट शिक्षक–कर्मचारी, उत्कृष्ट विद्यार्थी तथा पुरस्कारका लागि कोष स्थापनाकर्ता लगायतलाई पुरस्कृत तथा सम्मानससहित विविध कार्यक्रमका बीच कनकाई माविको वार्षिकोत्सव तथा स्थापना दिवस मनाइएको हो । झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद साँवा (एलपी)–को प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सव कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तिलचन्द्र उप्रेती, पूर्व प्रधानाध्यापक आशा शर्मा शिवाकोटी, सञ्चरकर्मी रामप्रसाद निरौलालाई सम्मान गरिएको…
शिवसताक्षी, १ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा ३ हजार १ सय ३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जसमा कक्षा–६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा–७ देखि १० सम्म अध्ययन गर्ने २३८९ छात्राले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रोशन अधिकारीले जानकारी दिए । उनले विद्यालय नजाने १० वर्षीय एक जना र ११ वर्ष देखि १४ वर्षका १०३ जना किशोरीले खोप लगाएको जानकारी दिए । नगरपालिकाले पालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र स्वमसेविकाहरुलाई अभियानमा खटाइएको…
बिर्तामोड, १ फागुन । भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १(० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल भोलि शुक्रबार कन्काइ नगरपालिका…
कनकाई, १ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ४ गतेदेखि समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ हुने भएको हो । आज महायज्ञ आयोजनास्थलमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा महायज्ञ आयोजना गर्न लागिएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो । ढकाल बन्धुसहित अन्य धर्मानुरागीहरुले महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न सकिने उहाँले बताउनुभयो । फागुन ४ गतेदेखि १५ गतेसम्म हुने ११ दिवसीय अनुष्ठानमा…
बिर्तामोड, १ फागुन । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । बुधबार साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ वर्ष अघिदेखि बस्दै आएका ७२ वर्षीय कुमार तामाङ मृत फेला परेका हुन् । एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झापा, १ फागुन । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै आजदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए । यस लगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा…
झापा, १ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ…