
झापा, १ फागुन । झापाका आपराध हुने सम्भावित क्षेत्रमा कुकुर परिचालन गरी अनुसन्धान गरिएको छ ।
आज कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानबाट खटिएका रेञ्जर र पिंकु नामक तालिम प्राप्त कुकरसहितको टोलीले झापामा बढी अपराध हुन सक्ने आंकलन गरिएका स्थानहरुमा कुकुर परिचालन गरी अनुसन्धान गरिएको हो ।
झापाको दमक नगरपालिका वडा–५ गोर्खा डिपार्टमेन्ट एरिया, दमक–६ को बसपार्क, दमक–७ को एरियाहरु हुँदै बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्टेन्ट, बिर्तामोड–६ गिरिबन्धु टि–स्टेटको एरिया र मेचीनगर नगरपालिका–६ बसपार्क, मेचीनगरस्थित मेची पुलको एरियाहरु क्लियर गरी समाप्त भएको थियो ।
यो कार्यबाट झापा जिल्लामा विभिन्न अपराधिक गतिविधिहरु, लागुऔषध ओसारपसार, विष्फोटक पदार्थ तथा बोर्डर एरियामा हुन सक्ने अपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


