jhapaonline add

झापा, २८ माघ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वाटर झापाबाट सप्रसनि लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीस्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी मोड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी १ हजार ४०० केजी अवैध माछा बरामद गरेको हो । करिब ४ लाख २० हजार मूल्य बराबरको अबैध माछा, सवारी साधन तथा चालक जिल्ला सुनसरी इनरुवा–७ का २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिइएको सप्र बल, नेपाल नं. २ गण हेक्वा…

Read More

चन्द्र बस्नेतकनकाई, २८ माघ । झापाको कनकाईनगरपालिकामा अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाएको छ। ३ हजार ९९ किशोरी रहेको कनकाई नगरपालिकामा अहिलेसम्म २ हजार ४ सय ४९ जना किशोरीलाई खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउने किशोरीहरुमा विद्यालय जाने कक्षा–६ का ५ सय १७ जना छात्राहरू त्यसैगरी कक्षा–७ देखि कक्षा १० सम्म अध्ययन गर्ने १ हजार ८ सय ८५ जना छात्राहरूले खोप लगाएका छ्न भने विद्यालय नजाने १० वर्षका २ जना र ११ देखि १४ वर्ष सम्मका ४५ जना गरि कुल २ हजार ४ सय ४९ जना किशोरीहरुलाई खोप लगाएको नगर जनस्वास्थ्य…

Read More

झापा, २८ माघ । दमक नगरपालिका–६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका(७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका–८ बाट ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुल सहित दमक नगरपालिका(८ बस्ने २५ वर्षीय प्रतिक श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय…

Read More

झापा, २८ माघ । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो । पोलमा रहेको तारले सोही ठाउँका ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलार्ई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । सार्कीले उराउलाई पिपलको हाँगा काट्न काममा लगाएका थिए । रुखको हाँगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी…

Read More

झापा, २८ माघ । झापाको झापा गाउँपालिकाले कृषकलाई कृषिकर्ममा प्रोत्साहन गर्न खेतमै बिजुलीको पोल पुर्याउनुका साथै विद्युतमा अनुदान प्रदान गरिरहेको छ । यहाँका कृषकको खेतमै बिजुलीको पोल पुर्याउनुका साथै सिञ्चाइ प्रयोजनमा प्रयोग हुने विद्युत्को महसुलमा ८० प्रतिशत अनुदान दिइरहेको छ । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८१/०८२ मा रू एक करोड बराबरको विद्युत् पोल र रू ६५ लाख बराबरको विद्युत् तार खरिद गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो । “कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको कृषि कार्यक्रम अन्तरगत विद्युत् महसुलमा ८० प्रतिशत अनुदान दिने गरिएको छ”, उहाँले भन्नुभयो, “सिञ्चाइ कार्यका…

Read More

झापा, २८ माघ । झापा शिवसताक्षी नगरपालिकास्थित दुधेमा विद्यार्थीहरुले विद्युतीय मोटरसाइकल बनाएका छन् । यहाँस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा–९ मा अध्ययनरत् प्रशन्न दवाडी, सन्देश बराल, निशान शंकर र क्याम्ब्रिज अंग्रेजी माविको कक्षा–८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् । उनीहरुले बनाएको मोटरसाइलमा पुरानो मोटरसाइकलको चेचिस, पांग्रा लगायतका पार्टपूर्जा प्रयोग गरिएको विद्यार्थी प्रशन्न दवाडीले बताउनुभयो । “मोटरसाइकल प्रतिघण्टा ४७ किलोमिटरको गतिसम्म कुदाउन मिल्छ”, उहाँले भन्नुभयो, “ब्याट्रीले चल्ने मोटरलाई इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर मोटरको पावर सन्तुलन मिलाइएको छ ।” करिब पाँच दिनमा स्थानीय ग्यारेजमा मोटरसाइकल बनाएको उहाँले बताउनुभयो । विद्यार्थी सन्देश बरालले मोटरसाइल फूल चार्ज गर्न दुई घण्टा लाग्ने…

Read More

द्रोण अधिकारीभद्रपुर, २८ माघ । हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छे बिचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै हात्तीको आक्रमणबाट ३ जना झापालीले ज्यान गुमाइसकेका छन् । यसरी ज्यान गुमाउनेमा हल्दिवारी ३ का ७२ वर्षीय ओङ्दी गुरुङ, दमक ३ का ४५ वर्षीय मिनबहादुर भण्डारी र कचनकवल ७ की केलावती राजवंशी रहेका छन । यी तिनै जनाले कामको शिलशीलामा हात्तीसित आकस्मिक रूपमा भेटघाट हुँदा भाग्ने मौका समेत नपाएर ज्यान गुमाएका हुन् । मानव—हात्ती द्वन्द्वका क्रममा झापामा जंगली हात्तीको आक्रमणबाट १४…

Read More

झापा, २८ माघ । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ । यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको…

Read More

झापा, २८ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा छ। तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार आज कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको संभावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का…

Read More

झापा, २८ माघ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । “वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो । वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ । यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब…

Read More