
चन्द्र बस्नेत
कनकाई, २८ माघ । झापाको कनकाईनगरपालिकामा अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाएको छ। ३ हजार ९९ किशोरी रहेको कनकाई नगरपालिकामा अहिलेसम्म २ हजार ४ सय ४९ जना किशोरीलाई खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
खोप लगाउने किशोरीहरुमा विद्यालय जाने कक्षा–६ का ५ सय १७ जना छात्राहरू त्यसैगरी कक्षा–७ देखि कक्षा १० सम्म अध्ययन गर्ने १ हजार ८ सय ८५ जना छात्राहरूले खोप लगाएका छ्न भने विद्यालय नजाने १० वर्षका २ जना र ११ देखि १४ वर्ष सम्मका ४५ जना गरि कुल २ हजार ४ सय ४९ जना किशोरीहरुलाई खोप लगाएको नगर जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल प्रर्सन नारायण अधिकारीले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाईनगरमा गत माघ २२ गतेबाट आज सोमबार २८ गते सम्म एचपीभी खोप अभियान सञ्चालन भईरहेको छ। जसका लागि ३९ खोप केन्द्रमा स्वास्थ्यकर्मी, स्वयम सेवक र सुपरिवेक्षक गरि २ सय खटाएको थियो ।
एक डोज खोपले वयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने जनस्वास्थ्य निरीक्षक केशव रिजालको भनाई छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ । पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन्।
नगर स्वास्थ्यका सम्पुर्ण सम्पूर्ण कर्मचारी, आम अभिभावक, विद्यालयक शिक्षक÷शिक्षिका, जन प्रतिनिधि अन्य कर्मचारी विभिन्न संघ( सस्था लगायतको सक्रियताले पनि यो खोप लगाउने अभियान सफल भएको खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । उहाँले कुनै पनि अभियान सफल पार्न एकजना बाट मात्रै सम्भव नहुने भन्दै सबैको सहकार्य भएमा जस्तोसुकै कामहरुपनि सहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
खोप अभियानका क्रममा प्रतेककेन्द्रमा अनुगमनलाई समेत तिव्रता दिएको थियोे । अनुगमनमा उपप्रमुख आशाशर्मा शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, जन स्वास्थ्य निरीक्षक केशव रिजाल, जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल प्रर्सन नारायण अधिकारी, सिनियर अनमी टीका दवाडी लगायत रहनुभएको थियो ।



