
झापा, २८ माघ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वाटर झापाबाट सप्रसनि लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीस्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी मोड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अन्दाजी १ हजार ४०० केजी अवैध माछा बरामद गरेको हो ।
करिब ४ लाख २० हजार मूल्य बराबरको अबैध माछा, सवारी साधन तथा चालक जिल्ला सुनसरी इनरुवा–७ का २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिइएको सप्र बल, नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सप्रनाउ महेशराज बिष्टले दिनुभयो ।
Facebook Comments Box


