jhapaonline add

इलाम, २६ माघ । रोङ गाउँपालिकामा अवस्थित पाथिभरा मन्दिरको पछिल्ला २४ महिनाको जम्मा आम्दानी ३ करोड ३६ लाख (जिन्सीसहित) पुगेको छ। २०७९ साल फागुन १ गतेदेखि पाथिभराको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले आफ्नो जिम्मामा लिएको थियो, जसलाई हाल २ वर्ष (६ दिन कम) पूरा भएको छ। अघिल्लो आर्थिक वर्षसम्मका पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेका छन् भने चालू आर्थिक वर्षका योजनाहरू कार्यान्वयनको चरणमा छन्। व्यवस्थापनमा सुधारसहित पारदर्शिता कायम राख्दै भक्तजनको विश्वास जित्न सफल भएको बताइएको छ। २०७९ सालमै ‘पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन’ जारी गर्दै एक समिति गठन गरिएको थियो, जसले आज दुई वर्ष पूरा गरेको छ । समितिको कार्यकुशलता, पारदर्शिता, इमान्दारिता, अनुशासन…

Read More

शिवसताक्षी, २६ माघ । झापा शिवसताक्षी नगरपालिका–८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दूधे आयुर्वेद औषधालयको आयोजनामा स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे नागरिक आरोग्य कार्यक्रम अन्तर्गत अभिमुखीकरण गराइएको हो। कार्यक्रममा नगर प्रमुख मेघाहाङ्ग थोप्राले शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो चिकित्सा प्रणालीले मानसिक, शारीरिक र आध्यात्मिक स्वास्थ्यलाई सुधार गर्न जोड दिने बताए । पछिल्लो समय एलोपेथिक पद्धतिले निको नभएका रोगहरु आयुर्वेद चिकित्सा पद्धति उपचार गर्दा दीर्घकालिन रुपमा रोगहरु निको भएका छन् । उनले भने, हामीले पनि नगरका सबै वडाहरुमा आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्दै लैजादै…

Read More

बिर्तामोड, २६ माघ । झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५–० गोलअन्तरको एकतर्फी जित निकालेको हो । एकोहोरो दबाब सिर्र्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो । बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । यसैगरी, १७ र १९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् । यसैगरी, अन्स्रिनाले खेलको…

Read More

बिर्तामोड, २६ माघ । ताप्लेजुङ-झापा सरोकार समाजको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः होमप्रसाद काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको आज बिर्तामोडमा सम्पन्न दशौं बार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शिवप्रसाद खरेल, लक्ष्मी अधिकारी र सावित्रा ओडारी शिवाकोटी, सचिवमा ढाँचाराज कडरिया, सहसचिवमा रमेशचन्द्र पुरी र कोषाध्यक्षमा पदमबहादुर तामाङ निर्वाचित भएका हुन् ।त्यसैगरी समितिका सदस्यहरुमा नविन सिटौला, पदम पौडेल, देवीप्रसाद अधिकारी, तेजकुमार लिम्बू, कुमारी सेन्दाङ अर्जुन खरेल, भीमबहादुर मोक्तान तामा र शेरबहादुर मादेन निर्वाचित भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चौंलागाईले जानकारी दिनुभयो । यसअघि पं। नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसमामा संस्थाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने राजेन्द्र सुवेदी, कोमल गुरागाँई…

Read More

भद्रपुर, २६ माघ । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७ औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । साधारण सभामा आयमेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८ औं जन्म जयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचन सम्पन्न गरिएको हो । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि, कवयत्रीले आ—आफ्ना रचना प्रस्तुत गरेका थिए भने विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु वरालले नयाँपन सहितको नेपाली साहित्य सिर्जनामा…

Read More

बनियानी, २६ माघ । झापाको चार स्थानमा सशस्त्र प्रहरीको चार वटा भवन निर्माण भएको छ । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा, बोडर आउट पोस्ट ज्यामिरगढी र बोडर आउट पोस्ट महेशपुरको भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । चार वटा भवनको कूल लागत रू चार करोड ६५ लाख ५६ हजार छ सय ७४ रहेको छ । मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी रू एक करोड ३९ लाख ९ हजार चार सय २६ को लागतमा नयाँ भवन निर्माण…

Read More

सुरुङ्गा, २६ माघ । शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक रेवतराज पुरी (गगन) ले नेपालको मौलिकताको आधारमा शिक्षा प्रणाली हुनु पर्ने बताएका छन् । शिक्षाको पाठ्यक्रमले समाजवाद नदेखे देशमा समाजबाट नआउने बताउँदै पुरीले शिक्षाको पाठ्यक्रम बदल्नु पर्ने धारणा राखे । ‘१८ औं शताब्दीको पाठ्यक्रमले २१ औं शताब्दीको चेतनाको नेतृत्व गर्न सक्दैन’ संयोजक पुरीले भने ‘शिक्षामा क्रान्तिको मुख्य उदेश्य शिक्षाको उदेश्य, रणनीति र लक्ष्य बदल्नु पर्छ भन्ने हो ।’ उनले अनउत्पादन, अब्यवहारिक, केवल सैद्धान्तिक शिक्षा अव नचाइने भन्दै बैज्ञानिक, उत्पादन मुलक, खोजमुलक, सिर्जनशील, आत्मनिर्भर, सीपमूलक शिक्षा प्रणालीको आवश्यक रहेको बताएका छन् । पुरीले हालको पाठ्यक्रम खारेज गर्नु पर्ने बताउँदै खारेज नगरेसम्म नेपाल…

Read More

इलाम, २६ माघ । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गतेसम्म साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदैथियो । काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति…

Read More

झापा, २६ माघ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन् । बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।

Read More

पाल्पा, २६ माघ । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पार्नुभएको छ । उहाँले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताउनुभयो । उहाँले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२…

Read More