jhapaonline add

भद्रपुर, २३ कात्तिक । पोखराका छन्दवादी कवि छन्दमणि त्रिपाठीको एकल कविता वाचन चन्द्रगढीमा सम्पन्न गरिएको गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा त्रिपाठीद्वारा रचना गरिएका विभिन्न छन्दका कविता विभिन्न श्रष्टाहरूले वाचन गरेका हुन् । पुस्तकालयकी उपसभापति तथा कार्यक्रम संयोजक खगेन्द्रा खुसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिपाठीका कविताहरूलाई गायक हस्त परियार, कवि विरही अधिकारी, गायिका राधा रिमाल, अनिता पौडेल, पंडित पीताम्वर अधिकारी, चन्द्रमणि पौडेल, प्राञ्जल दाहाल, आर्या त्रिपाठी, आयुष्मा घिमिरे लगायतले वाचन तथा गायन गरेका थिए । पुस्तकालयका सचिव हरिकिशोर आर्चायले सहजीकरण गरेको कार्यक्रममा झापा भद्रपुरका कवि, कवयत्री, तथा लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Read More

झापा, २३ कात्तिक । पछिल्लो समय म्युजिक भिडियोमा चर्चा बटुलिरहेका मोडल तथा निर्देशक हिकस राईले आफ्नै शब्दमा आफ्नै गाउँ समेटेर ‘वालिङ गाउँ’ बोलको गीत सार्वजनिक गरेका छन् । सूर्योदय नगरपालिकाका विभिन्न ठाउँको प्रवर्धन गर्ने, नवप्रतिभा उत्साहित गर्ने उद्देश्यले एचकेआर ब्यानरमा हिकस काम गरिरहेका छन् । गीतमा संगीत र गायन प्रेमराज राईको छ । गायनमा रितु सुनुवारको पनि आवाज छ । अशोक थापाले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा सुचन राई र दीपिका सुनुवारले अभिनय गरेका छन् । हिकसले लामो समयदेखि म्युजिक भिडियो निर्माण गर्दै विभिन्न च्यानलबाट सार्वजनिक गर्दै आएपनि यो गीतलाई भने एचकेआर इन्टरटेनमेन्ट च्यानलबाट नै सार्वजनिक गरिएको बताए…

Read More

झापा, २३ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

Read More

सुर्खेत, २३ कात्तिक । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्र गतिका कारण दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । हाल २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ । २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

Read More

बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ । लेखक बुढाथोकीको चार वर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज झापाको बिर्तामोडमा एक समारोहका बीच लोकार्पण गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धराबासीलगायतले गरेका हुन् । लोकार्पण समारोहमा आमन्त्रित बिशिष्ट ब्यक्तित्हरुका रुपमा प्राडा टंक न्यौपाने, प्राडा बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा बालचन्द्र सुब्बा लगायतको आतिथ्य थियो । कार्यक्रममा स्वागत डा कुमार सुवेदी र लेखकको परिचय रिता पोखरेलले गर्नुभएको थियो भने…

Read More

भद्रपुर, २३ कात्तिक । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट अलिम अख्तर तथा टिकाराम अधिकारी र उत्कृष्ट ऋण कारोवार सम्मानबाट गणेश ढकाल र भुवन भण्डारीलाई सम्मान गरिएको थियो भने जेष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद कोइरालालाई सम्मान गरिएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले १४ जना महिला सदस्य सहित २७५ शेयर सदस्य र एक करोड एक लाख ६९ हजार सेयर पूँजी…

Read More

झापा, २३ कात्तिक । शिशु झाडीमा फाल्ने आमा पक्राउ परेकी छन् । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौं बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । धितालले धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशुलाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो । शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार…

Read More

झापा, २३ कात्तिक । झापा शिवसताक्षीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रमणि रिमालको घरबाट ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय दमकले गोप्य सूचनाका आधारमा उनीहरूलाई आज बिहानको रातको १ः३० बजे पक्राउ गरेको हो । यी हुन् पक्राउ पर्नेहरु १. जिल्ला झापा शिवसताक्षि नगपालिका वडा नम्बर -११ बस्ने बर्ष-६२ को चन्द्रमणि रिमाल ।२. ऐ.ऐ. ५ बस्ने बर्ष- ३३ को मुकेश राउत ।३. ऐ.ऐ. -११ बस्ने बर्ष-४५ को राजेन्द्र बास्कोटा ।४. ऐ.ऐ. ४ बस्ने बर्ष- २४ को सेवराज राजवंशी ।५. ऐऐ. ७…

Read More

बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाए । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि…

Read More

झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् । कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ ।…

Read More