
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ माघ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
झापा, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा…
दुर्गापुर, १८ माघ । झापाको कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्तालुङ एजुकेसन फाउण्डेशनमा सरस्वती पूजाको अवसरमा प्राथमिक तहका कक्षामा भर्ना निःशुल्क गरिएको छ । आगामी माघ २१ गते सरस्वती पूजाको अवसरमा प्राथमिक कक्षाहरु नर्सरी, एलकेजी र युकेजीमा निःशुल्क भर्ना कार्यक्रम राखिएको विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गरिँदै आएकाले यस क्षेत्रका अभिभावको पहिलो रोजाइ बन्दै गएको उहाँले बताउनुभयो । “हामीलाई अभिभावकज्यूहरुको महत्वपूर्ण सहयोगको आवश्यकता छ”, उहाँले भन्नुभयो । सरस्वती पूजाको दिन प्रसाद ग्रहण गर्न आउन विद्यालयले सबैलाई आग्रह समेत गरेको छ ।
कनकाई, १८ माघ । झापाको कनकाई नगरपालिमा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो विधामा फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुर समूह विजेता बनेको छ । चार स्वर्ण पदक र दुई रजत पदक गरी छ पदकसहित फक्तालुङ समूह विजेता बनेको हो । त्यस्तै, कराँतेतर्फ पनि एक स्वर्ण र एक रजत पदक जितेको फक्तालुङ एजुकेशन फाउण्डेशन प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । तेक्वान्दोतर्फ फक्तालुङ डोजाङका पान्जुम लिम्बू, युनिक कट्टेल, मल्लिका लिम्बू र अपेक्षा लिम्बू स्वर्ण पदक प्राप्त गर्नुभएको थियो भने भावना उप्रेती र विराज खनालले रजत पदक प्राप्त गर्नुभएको थियो । त्यस्तै, कराँतेतर्फ शिद्धी भण्डारीले स्वर्ण र विकिशा प्रधानले रजत पदक जित्नुभएको…
भद्रपुर, १८ माघ । देशको पूर्वी नाका झापाको काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष ०८१–०८२ को पहिलो ६ महिनामा ९ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा काँकरभिट्टा नाका भएर ९ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ५३ हजार ९२५ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिएको हो। यसबाट कार्यालयले ४ अर्ब ४९ करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो। मेची भन्सारको कुल राजस्व संकलनमा आयाततर्फ सबैभन्दा बढी पेट्रोलियम पदार्थको ५९.८३ प्रतिशत योगदान रहेको कँडेलले बताउनुभयो। त्यस्तै, १…
झापा, १८ माघ । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु हुने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट छ महिने अभियान शुरु हुन लागेको हो । हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ । हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि आज माओवादी केन्द्र झापाको आठौं पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो । बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर…
सन्तोष शर्माझापा, १८ माघ । उपेक्षित उष्णप्रदेशीय रोग हात्तीपाइलेका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा सराकारवालाहरुले जोड दिएका छन् । प्रादेशिक अस्पताल र सहारा नेपालको आयोजनामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नाराका साथ बिहीबार यहाँ भएको कुष्ठ तथा हात्तीपाइले रोग प्रभावितहरुको लागि स्वास्थ्य बिमामा सहज पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमका उनीहरुले त्यस्तो जोड दिएका हुन् । अन्तरक्रियामा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले जिल्लाका १५ वटै पालिकाले हात्तीपाइले रोगीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा जोड दिनुभयो । “हात्तीपाइले र कुष्ठरोगी यही समाजका नागरिक हुन्”, उहाँले भन्नुभयो, “सरकार नागरिकप्रति संवेदनशील हुनुपर्छ ।”…
झापा, १८ माघ । झापाको बिर्तामोड–५ स्थित निर्मित गायत्री मन्दिरमा गायत्री माताको प्रतिमा प्राण प्रतिष्ठा गर्नु अघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका छन् । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकराको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान शुरु भएसँगै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजना गरिएको महाप्रसाद वितरण गरिने बताइएको छ । आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री…
बिर्तामोड, १८ माघ । निजी विद्यालयतर्फ निदि आदर्श युनिटी कप बिहीबारदेखि निदिको खेल मैदानमा शुरु भएको छ। खेलको माध्यमबाट विद्यार्थीहरुलाई एकजुट गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन उद्देश्यले खेल सुरु गरिएको निदि इन्द्रेणी क्यापस प्रमुख तथा निदि आदर्श युनिटी कपका कार्यक्रमका अध्यक्ष रन्जित शाहले खेलको उद्गघाट्न गर्दै बताउनु भएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य, आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास, कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल झापाका कोषाध्यक्ष यज्ञराज कडरिया, निदि स्कुलका प्रिन्सिपल भिष्भ प्रसाईले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको औपचारिक सञ्चालन निदि कलेजका शिक्षक सरोज…
शिवसताक्षी, १८ माघ । झापा शिवसताक्षी ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ५५ औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा एक वर्ष भित्रमा उत्कृष्ट काम गर्ने पाँच शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको हो । विद्यालयले शिक्षक युवराज आङदेम्बे, अरुण रेग्मी, मोनिका मोक्तान, अस्मिता राई, लीला गेलाल र कर्मचारी छविलाल दवाडीलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय सांसद लालप्रसाद साँवा, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सासद साँवाले यस विद्यालय आफुले पनि अध्ययन गरेको र धेरै जनप्रतिनिधिहरुले अध्ययन गरेको विद्यालय भएको बताए। यहाँको भौतिक अवस्था…