jhapaonline add

बिर्तामोड, २९ पुस । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिव्र रुपमा अघि बढाएको छ ।नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ । कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरिरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो । यस योजना अन्तर्गत पर्ने शनिश्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि…

Read More

उफ् । डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् ? छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ । युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ ।…

Read More

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ नयाँ वर्षको वैशाख १२ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको अभिनय छ । अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्ममा रहस्य र थ्रिलरकथामा निर्माण भएको हो । सिरुपाते कट्स प्रालिले निर्माण गरेका फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन र सह निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका…

Read More

बिर्तामोड २८ पुस । लामो समयदेखि स्थगित रहेको नेपाल महिला संघको निर्वाचन आगामी चैत मसान्तसम्ममा सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम झापामा क्रियाशिल सदस्यता नवीकरण एवं नयाँ वितरण कार्य आगामी माघ २० गतेसम्ममा गरिसक्ने निर्णय भएको छ । नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य, गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, महिला संघ केन्द्रीय सदस्य राधा कार्कीको विशेष आतिथ्यमा सम्पन्न भेलाले आगामी माघ २० गतेसम्ममा क्रियाशिल नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो । महिला संघ झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय अध्यक्षहरु, गाउँ÷नगर अध्यक्षहरु सहभागी भेलालाई…

Read More

काठमाण्डौ, २८ पुस । त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो । वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो । यस्तै जनकपुरमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशले दिएको १ सय…

Read More

बिर्तामोड, २८ पुस । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्ररुपमा अघि बढाएको छ । नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ । कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरीरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो । यस योजना अन्तर्गत पर्ने शनिस्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि…

Read More

धरान,२८ पुस । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको हो । इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

Read More

काठमाडौं, २८ पुस । काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो। बयान सकिएपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए। लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो। ीबहmष् दबलपउक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए। स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको…

Read More

झापा, २८ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली…

Read More

मेष: सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला। वृष: झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। यात्रामा मालसामान हराउन सक्छ। मिथुन: शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। कर्कट: पारिवारिक भेटघाटमा रमाइनेछ। मान प्रतिष्ठामा वृद्धि होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ।…

Read More