jhapaonline add

झापा, २० साउन । सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नीतिले खाद्य सुरक्षा, कृषकको आय वृद्धि, कृषि उत्पादन विस्तार, आयात प्रतिस्थापन र कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। साथै, कृषि यान्त्रिकीकरण, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण ऋण, जलवायु अनुकूल कृषि प्रणाली तथा डिजिटल प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको छ। मन्त्रालयले नीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, कृषि निर्यात वृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Read More

कनकाई, २० साउन । झापाको कनकाई नगरपालिकाले अनुदानमा प्राप्त रासायनिक मल वितरणका लागि नगरभित्रका १३ वटा कृषि सहकारी संस्थामार्फत युरिया र डीएपी मलको कोटा बाँडफाँड गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र डीएपी मललाई कनकाई नगरपालिकाको मल आपूर्ति तथा वितरण व्यवस्थापन स्थानीय समितिको साउन १४ गते बसेको बैठकको निर्णयअनुसार विभिन्न सहकारी संस्थालाई मल वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसपटक २ हजार २ सय बोरा युरिया र २ हजार २ सय बोरा डीएपी यहाँका सहकारी संस्थालाई बाँडफाँड गरेको हो । सबैभन्दा बढी आरोग्य बचत तथा ऋण सहकारी संस्था र प्रजापति कृषि सहकारी संस्थालाई २९० बोरा युरिया,…

Read More

सन्तोष शर्माझापा, २० साउन । झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षको अवधिमा चार जना नेपाली र एक जना भारतीय गरी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । हात्तीको आक्रमणमा परी दमक–१ की सुनिता राई, बिर्तामोड–७ का जाउल हक आलम, बाह्रदशी–१ की लीलाकुमारी राजवंशी र मेचीनगर–४ का पदम पौडेलको मृत्यु भएको हो । त्यसैगरी मेचीनगर–४ बाहुनडाँगीमा एक जना भारतीय नागरिकको मृत्यु भएको सूचना अधिकारी पाठकले बताउनुभयो । तीन हात्तीको मृत्युयता जिल्लाका विभिन्न स्थानमा तीन वटा हात्ती मृत फेला परेका थिए । दुई वटा…

Read More

झापा, २० साउन । विश्व शान्ति, सद्भाव र मानवताको प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ अनारमनीको आयोजनामा सोमबार बिर्तामोडस्थित मुक्ति चोकमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । लायन्सका विभिन्न क्लबहरूको सामूहिक सहभागितामा आयोजित कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममार्फत विश्वभर शान्ति, सद्भाव र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीले जानकारी दिनुभयो ।

Read More

झापा, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनामा नपरी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार…

Read More

झापा, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरी नेपालको तराई क्षेत्र नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र…

Read More

बैतडी, १९ साउन । बैतडीको पुर्चौडी नगरपालिका–९ मल्लादेहीकी २९ वर्षीया जयन्ती धामी आफ्ना दुई छोरी र एक छोरासहित बेपत्ता भएकी छन्। उनका श्रीमान् हिरा धामीका अनुसार जयन्ती साउन ३ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी हुन्। बेपत्ता भएको करिब एक सातापछि उनी माइत डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा बसेको जानकारी पाए पनि त्यसपछि त्यहाँबाट पनि सम्पर्कविहीन भएको उनले बताए। घटनाबारे सोमबार मात्रै हिरा धामीले धारी प्रहरी चौकीमा हुलियासहितको निवेदन दिएका छन्। प्रहरीले जयन्ती धामी र उनका तीन सन्तानको खोजी कार्य सुरु गरेको जनाएको छ।

Read More

झापा, १९ साउन । झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रमा प्रहरीले अवैध रूपमा भन्सार छली गरी भण्डारण गरिएका २४ लाख ११ हजार ८१० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाको संयुक्त टोलीले कोपिला तामाङको भाडाको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २० बोरा र २० कार्टुन सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा कपडाका विभिन्न सामग्री, मोटर पार्ट्स तथा इलेक्ट्रोनिक्सका सामग्री रहेका छन्। बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि…

Read More

झापा, १९ साउन । झापा गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सेवा सुरु भएपछि अब स्थानीय नागरिकले मालपोत तथा नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सेवा शुभारम्भ गर्दै यसले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने बताइन्। गाउँपालिकाका अनुसार पहिलो चरणमा विद्युतीय फोटो, औंठाछाप, दस्तखत तथा ‘ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा प्रदान गरिनेछ। यससँगै अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व संकलनलगायतका सेवासमेत गाउँपालिकाबाटै उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले…

Read More

झापा, १९ साउन । साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन् । बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो । जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ । धाममा आउने श्रद्धालुको सुविधाका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी,…

Read More