
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, १५ साउन । कुवेतको उत्तरी क्षेत्रमा भएको इरानी ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली नागरिकको परिचय खुलेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने व्यक्ति तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ हुन्। दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सवारी चालकका रूपमा कार्यरत तामाङको २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो। कुवेतको परराष्ट्र मन्त्रालयबाट उनको निधन भएको आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। दूतावासले तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, उनको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ। यसैबीच, कुवेतमा रहेका सबै…
बिर्तामोड, १५ साउन । नेपाली कांग्रेस झापाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई संयमता अपनाउन तथा सकारात्मक भूमिका खेल्न हार्दिक अपिल गरेको छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा धार्मिक विषयलाई लिएर भएको द्वन्द्व तथा त्यसपछिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिअनुसार सुनसरीको कप्तानगञ्जसँगै सिराहाको गोलबजार, सप्तरीको बोदेबरसाइन र राजविराज तथा धनुषाका केही स्थानमा भएका प्रदर्शनका क्रममा जनधनको क्षति भएको घटनाप्रति कांग्रेस झापाले दुःख व्यक्त गरेको छ। साथै, क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन र शान्ति–सुरक्षा कायम गर्न सरकारसँग माग गरिएको…
झापा, १५ साउन । झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट साउन १४ गते लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काकँरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ घर भई हाल झापामा बस्दै आएका २२ वर्षीय अजय सुनारलाई १ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित मेनीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङ केराबारी गाउँपालिका-८ का २३ वर्षीय किरण थापालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित…
झापा, १५ साउन । उत्तरी पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क विच्छेद भएको हो। एशोसिएटेड प्रेसका अनुसार टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोही रहेका छन्। अन्तिम एक आरोहीको राष्ट्रियता खुलाइएको छैन। घटनापछि पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले सरकारी निकायसँग समन्वय गरी तत्काल खोज तथा उद्धार अभियान सञ्चालनको तयारी गरिरहेको…
झापा, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा भएको सहमतिअनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहमतिपत्रमा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने उल्लेख छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ। यस्तै, प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको…
झापा, १५ साउन । पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैंची निर्यातमा वृद्धि भएको छ भने चिया निर्यातमा कमी आएको छ । आर्थिक वर्ष २०८२÷८३ मा अलैंची निर्यातमा ३९.२७% वृद्धि भएको छ भने चिया निर्यातमा १८.१२% ले कमी आएको छ । सो अवधिमा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको ६३ लाख ८५ हजार ८७० केजी अलैंची निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ अर्ब ९६ करोड २९ लाख ३३ हजारले बढी हो । यता, आर्थिक वर्ष २०८२÷८३ मा ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १ करोड ३० लाख ४५ हजार ७९१ केजी चिया निर्यात…
झापा, १५ साउन । सरकारले हालसम्म असुल गरिएको शिक्षा तथा स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गर्दै चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) बमोजिम शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था कार्यान्वयन गरिएको जनाएको हो। अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गरेका व्यक्ति वा संस्थाले उक्त रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि प्रधानमन्त्री…
झापा, १५ साउन । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।…
झापा, १५ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ…
झापा, १४ साउन । झापाका प्रशासनिक निकायहरूले आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरेका छन्। जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट उक्त अवधिमा २४ हजार ८५१ जनाले नागरिकता र २४ हजार ४६६ जनाले राहदानी प्राप्त गरेका हुन्। नागरिकता र राहदानी लिनेको संख्या लगभग बराबरी हुनु जिल्लाबाट वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने युवाको आकर्षण अझै कायम रहेको संकेत मानिएको छ। जिल्ला प्रशासनका अनुसार समीक्षा अवधिमा ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्। यस्तै, ९७ हजार ४७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ भने ९८…